नेभिगेशन
समाज

लोडसेडिङ नेपालका लागि विगत भइसक्योः ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालका लागि विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अस्थायी अवरोध प्रणालीगत सुधार र उत्पादनलाई तीव्रताकासाथ अगाडि बढाइएकाले अब लोडसेडिङ नहुने विश्वास व्यक्त गरेका हुन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जामन्त्री खड्काले भने, “नेपालले विद्युत् उत्पादन र बिक्री वितरणमा गरेको उपलब्धिका आधारमा स्पष्ट रूपमा भन्न सकिन्छ, लोडसेडिङ अब नेपालको विगतको विषय भइसक्यो । यसको पुनरावृद्धि कुनै सम्भावना देखिँदैन । अब, लोडसेडिङको कल्पना गर्नु पनि निरर्थक भइसकेको छ । मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले पटक–पटक सार्वजनिक रूपमा स्पष्ट गरिरहेको छ, की हाल देशमा लोडसेडिङ छैन ।”
 
मन्त्री खड्काले छिमेकी मुलुकमा विद्युत् निर्यात बढाउन दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गरी कार्य गर्नुपर्ने आवश्यकता औंँल्याए हुन । देशभर हाल नियमित विद्युत् आपूर्ति भइसकेको र कतिपय स्थानमा देखिएका अस्थायी अवरोध प्रणालीगत सुधारमार्फत समाधान हुँदै आएको उनले बताए ।
ऊर्जामन्त्री खड्काले आन्तरिक खपतपश्चात भारत र बङ्गलादेशमा बिक्री गरिरहेको र गतवर्ष मात्रै भारतमा २३ सय ८० गेगाबाट र बङ्गलादेशमा ३० गेगावाट विद्युत् निर्यात गरिएको जानकारी दिए । उनका अनुसार हाल रु १७ अर्ब ७२ करोड बराबरको विद्युत् निर्यात भइरहेको छ । साथै, रु १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको छ । नेपालले झण्डै रु पाँच अर्ब बराबरको मुनाफा लिइरहेको छ ।
 
मन्त्री खड्काका अनुसार आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा देशको कूल विद्युत् जडित क्षमता करिब ३२ सय मेगावट रहेकामा हाल सो क्षमता बढेर झण्डै ३९ सय मेगावाड पुगेको छ । प्रतिव्यक्ति विद्युत् खपत चार सय युनिटबाट बढेर झण्डै चारसय ६० युनिट खपत भइरहेको उनले बताए ।

Ncell
Extreme Energy

मन्त्री खड्काले वर्तमान देशको अधिकतम विद्युत् माग करिब दुई हजार चार सय मेगावाट रहेको र वर्षायाममा विद्युत् उत्पादनको सो मागभन्दा बढी हुने बताए । उनले हालको अवस्थामा आन्तरिक विद्युत् खपतपश्चात नेपालले करिब नौ सय मेगावाट विद्युत् भारतबाट निर्यात भइरहेको र निकट भविष्यमा सो सङ्ख्या बढ्ने र अहिले झण्डै अहिले १२ सय मेगावाटको निर्यातका लागि अनुमति प्राप्त भइसकेको जानकारी दिए । 
त्यस्तै ४० मेगावाट विद्युत् बङ्गलादेश पनि निर्यात भइरहेको छ । आगामी दिनमा सो परिणाम बढाउँदै लैजाने तयारी छ । ऊर्जामन्त्री खड्काले सरकारको नेतृत्व वा मन्त्री परिवर्तन हुनु स्वभाविक लोकतान्त्रिक प्रक्रिया भए पनि सोका कारण हो । 

मन्त्रालयले दीर्घकालीन ऊर्जा रणनीति, दिगो विकास लक्ष्य, पूर्व स्वीकृति राष्टिय योजनालगायत आयोजनासँग सम्बन्धित हुनेगरी नीति निर्माण तथा कार्यान्वयनलाई संस्थागत निरन्तरता दिँदै आएको उनले बताए । मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमामा जस्तो पूर्वाधार विकासमा आवश्यक दीर्घकालीन र लगानी परिचालनका सन्दर्भमा नीतिगत स्थिरता, पारदर्शीता तथा संस्थागत निर्णय प्रक्रियाको पालना गरेर मन्त्रालय अगाडि बढेको स्पष्ट पारेका छन् । उनले मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज ढङ्गले भइरहेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।