नेभिगेशन
मुख्य समाचार

सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्य तोक्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । 

बिहीबार सिंहदरबारमा साउन २६ गते बसको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले मोटा धानको प्रति क्विन्टल रु ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको प्रति क्विन्टल रु ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा न्यूनमत समर्थन मूल्य तोक्ने निर्णय भएको जानकारी दिए । बैठकले दक्षिणकोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार बिकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा डा रमेश प्रसाद चौलागाईलाई नियुक्त गरेको छ ।

त्यस्तै बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार/भ्यान काठमाडौं आउदा रु ६५ र जाँदा रु ६०, मिनीबस/ मिनी ट्रक काठमाडौं आउदा रु ११५ र जाँदा रु ८० रुपैया, ठूला बस र ट्रक काठमाडौं आउदा रु २ सय ६० र जाँदा रु २ सय तथा भारी उपकरण काठमाडौं आउदा रु ६ सय रुपैया र जाँदा रु २ सय ५० रुपैया दस्तुर लाग्ने प्रवक्ता गुरुङले बताए । 

त्यस्तै मन्त्रिपरिषद्ले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मैले मन्त्रालय सम्हालेको एक वर्षमा मल आपूर्तिमा उल्लेख्य सुधार भएको छः कृषि मन्त्री अधिकारी

मैले मन्त्रालय सम्हालेको एक वर्षमा मल आपूर्तिमा उल्लेख्य सुधार भएको छः कृषि मन्त्री अधिकारी

“मैले मन्त्रालयको कार्यभार सम्हालेको एक वर्षमा मल आपूर्तिमा उल्लेख्य सुधार भएको छ भने आपूर्ति तथा वितरण व्यवस्था सहज बनाउन कानुनी एवं प्रक्रियागत सुधार भएका छन्,” मन्त्री अधिकारीले भने,...
आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए फास्ट ट्रयाक निर्धारित समयमै सम्पन्न हुन्छः प्रधानसेनापति

आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए फास्ट ट्रयाक निर्धारित समयमै सम्पन्न हुन्छः प्रधानसेनापति

“अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब हुने काम छिटो सकिने खालका छन्”, उनले भने, “धेरै काम वातावरणीय प्रभाव मूल्याङ्कन र बोलप आह्वानमा खर्च भएको छ,...
सौर्य एयरलाइन्स दुर्घटनाः छोरामाथि दोष पोखिएकोमा को–पाइलट सुशान्त कटुवालका बुबाको आपत्ति

सौर्य एयरलाइन्स दुर्घटनाः छोरामाथि दोष पोखिएकोमा को–पाइलट सुशान्त कटुवालका बुबाको आपत्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा  दुर्घटना जाँचबुझ आयोगका पदाधिकारीसँग समितिले सत्यतथ्य जानकारी लिएको छ । बैठकमा दुर्घटना छानबिन आयोगका अध्यक्ष रतिसचन्द्र लाल सुमनले प्रतिवेदन प्रस्तुत...
नागढुङ्गा सुरुङमार्ग यात्रा गर्दा पैसा तिर्नुपर्ने, यस्तो छ सरकारले तोकेको शुल्क

नागढुङ्गा सुरुङमार्ग यात्रा गर्दा पैसा तिर्नुपर्ने, यस्तो छ सरकारले तोकेको शुल्क

जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार÷भ्यान काठमाडौँ आउदा रु ६५ र जाँदा रु ६०, मिनीबस÷ मिनी ट्रक काठमाडौँ आउदा रु ११५ र जाँदा रु ८० रुपैयाँ, ठूला बस र...

भर्खरै