नेभिगेशन
मुख्य समाचार

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, शुक्रबारबाट विस्तारै कम हुने

काठमाडौँ । बिहिबार नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ । अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिए । 

विभागका अनुसार पछिल्लो १२ घण्टाको वर्षा मापन अनुसार डोटीमा ८८ दशमलव छ मिलिमिटर वर्षा भएको छ । कैलालीमा ७४ दशमलव छ र बैतडीमा ६९ दशमलव चार मिलिमिटर वर्षा भएको उनले बताए । गएरातिदेखि पश्चिम नेपालमा मनसुन बढी सक्रिय भएको विभागले जनाएको छ । हिजो देशैभरी सक्रिय भएको मनसुन बिहिबार भने पश्चिममा बढी सक्रिय देखिएकाले ती क्षेत्रमा निरन्तर वर्षा भइरहेको मौसमविद् ढकालले उल्लेख गरेका छन् । उनले भने, “पछिल्लो २४ घण्टाको मापन हेर्दा भने सबैभन्दा बढी वर्षा बैतडीमा ११६, डोटीमा ९२ दशमलव चार, कैलालीमा ९० दशमलव छ र अछाममा ९८ मिलिमिटर वर्षा भएको छ” । 

उनका अनुसार सिन्धुपाल्चोक, नुवाकोट, कास्की, पर्वत जिल्लामा पनि भारी वर्षा भएको जनाउँदै उनले धेरै वर्षा मापन केन्द्रहरूमा भारी वर्षा भएको अभिलेख रहेको बताए । पछिल्लो तीन घण्टाको रेकर्ड कैलाली, दार्चुला, बैतडी, डडेलधुरा तथा आसपासका जिल्लाहरू पनि निरन्तर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पुर्वी भू–भागभन्दा पश्चिमतर्फ बढी सक्रिय भइरहेको हो ।

हाल देशभर साधारणतया बदली भई सुदुरपश्चिम प्रदेशको पहाडी र तराईलगायत बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ । बिहिबार रातिदेखि विस्तारै वर्षाका गतिविधि कम हुने विभागले जनाएको छ । मौसमविद् ढकालले भने, “वर्षा रोकिने नै चाहिँ हुँदैन, तर भारी वर्षा कम हुने देखिएको छ, छिटफूट ठाउँमा मात्रै भारी वर्षा हुन्छ, बदली भने कायमै रहने छ ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मैले मन्त्रालय सम्हालेको एक वर्षमा मल आपूर्तिमा उल्लेख्य सुधार भएको छः कृषि मन्त्री अधिकारी

मैले मन्त्रालय सम्हालेको एक वर्षमा मल आपूर्तिमा उल्लेख्य सुधार भएको छः कृषि मन्त्री अधिकारी

“मैले मन्त्रालयको कार्यभार सम्हालेको एक वर्षमा मल आपूर्तिमा उल्लेख्य सुधार भएको छ भने आपूर्ति तथा वितरण व्यवस्था सहज बनाउन कानुनी एवं प्रक्रियागत सुधार भएका छन्,” मन्त्री अधिकारीले भने,...
आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए फास्ट ट्रयाक निर्धारित समयमै सम्पन्न हुन्छः प्रधानसेनापति

आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए फास्ट ट्रयाक निर्धारित समयमै सम्पन्न हुन्छः प्रधानसेनापति

“अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब हुने काम छिटो सकिने खालका छन्”, उनले भने, “धेरै काम वातावरणीय प्रभाव मूल्याङ्कन र बोलप आह्वानमा खर्च भएको छ,...
सौर्य एयरलाइन्स दुर्घटनाः छोरामाथि दोष पोखिएकोमा को–पाइलट सुशान्त कटुवालका बुबाको आपत्ति

सौर्य एयरलाइन्स दुर्घटनाः छोरामाथि दोष पोखिएकोमा को–पाइलट सुशान्त कटुवालका बुबाको आपत्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा  दुर्घटना जाँचबुझ आयोगका पदाधिकारीसँग समितिले सत्यतथ्य जानकारी लिएको छ । बैठकमा दुर्घटना छानबिन आयोगका अध्यक्ष रतिसचन्द्र लाल सुमनले प्रतिवेदन प्रस्तुत...
नागढुङ्गा सुरुङमार्ग यात्रा गर्दा पैसा तिर्नुपर्ने, यस्तो छ सरकारले तोकेको शुल्क

नागढुङ्गा सुरुङमार्ग यात्रा गर्दा पैसा तिर्नुपर्ने, यस्तो छ सरकारले तोकेको शुल्क

जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार÷भ्यान काठमाडौँ आउदा रु ६५ र जाँदा रु ६०, मिनीबस÷ मिनी ट्रक काठमाडौँ आउदा रु ११५ र जाँदा रु ८० रुपैयाँ, ठूला बस र...

भर्खरै