नेभिगेशन
समाज

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, शुक्रबारबाट विस्तारै कम हुने

काठमाडौँ । बिहिबार नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ । अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार पछिल्लो १२ घण्टाको वर्षा मापन अनुसार डोटीमा ८८ दशमलव छ मिलिमिटर वर्षा भएको छ । कैलालीमा ७४ दशमलव छ र बैतडीमा ६९ दशमलव चार मिलिमिटर वर्षा भएको उनले बताए । गएरातिदेखि पश्चिम नेपालमा मनसुन बढी सक्रिय भएको विभागले जनाएको छ । हिजो देशैभरी सक्रिय भएको मनसुन बिहिबार भने पश्चिममा बढी सक्रिय देखिएकाले ती क्षेत्रमा निरन्तर वर्षा भइरहेको मौसमविद् ढकालले उल्लेख गरेका छन् । उनले भने, “पछिल्लो २४ घण्टाको मापन हेर्दा भने सबैभन्दा बढी वर्षा बैतडीमा ११६, डोटीमा ९२ दशमलव चार, कैलालीमा ९० दशमलव छ र अछाममा ९८ मिलिमिटर वर्षा भएको छ” । 

Ncell
Extreme Energy

उनका अनुसार सिन्धुपाल्चोक, नुवाकोट, कास्की, पर्वत जिल्लामा पनि भारी वर्षा भएको जनाउँदै उनले धेरै वर्षा मापन केन्द्रहरूमा भारी वर्षा भएको अभिलेख रहेको बताए । पछिल्लो तीन घण्टाको रेकर्ड कैलाली, दार्चुला, बैतडी, डडेलधुरा तथा आसपासका जिल्लाहरू पनि निरन्तर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पुर्वी भू–भागभन्दा पश्चिमतर्फ बढी सक्रिय भइरहेको हो ।

हाल देशभर साधारणतया बदली भई सुदुरपश्चिम प्रदेशको पहाडी र तराईलगायत बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ । बिहिबार रातिदेखि विस्तारै वर्षाका गतिविधि कम हुने विभागले जनाएको छ । मौसमविद् ढकालले भने, “वर्षा रोकिने नै चाहिँ हुँदैन, तर भारी वर्षा कम हुने देखिएको छ, छिटफूट ठाउँमा मात्रै भारी वर्षा हुन्छ, बदली भने कायमै रहने छ ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।