नेभिगेशन
मुख्य समाचार

सदन बहिष्कारलाई निरन्तरता दिने राप्रपा र रास्वपाका सांसदको घोषणा

काठमाडौँ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले सदन बहिष्कारलाई निरन्तरता दिने बताउएका छन् । उनले अनियमितता रोक्न न्यायिक समिति गठन नभएसम्म संसद् बहिष्कारलाई निरन्तरता दिने बताए । 

बिहिबार पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठक छाडेर बाहिरिएका छन् । बैठक बहिष्कार गर्नुअघि राप्रपाका सांसद प्रधानले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधार दिनुभएको राजीनामा सकारात्मक सन्देश भएको बताए । 

“नियतबश भएको भए नैतिकताका आधारमा राजीनामा मात्रै दिएर पुग्ने हो कि होइन,  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न उठेको छ । अनियमित विषयहरू रोक्न न्यायिक छानबिन समिति गठन गर्नुपर्छ”, उनले भने, “हामी सदन बहिष्कार गर्ने प्रक्रियामा छौँ ।”

रास्वपाकी सांसद चन्दा कार्कीले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिनुभएको अभिव्यक्ति आपत्तिजनक रहेको बताइन । उनले भनिन् “अदालतको फैसला सरकारले जिम्मा लिन नसक्ने उचित होइन । राज्यले हस्तक्षेप गरेपछि स्वतन्त्र न्यायपालिका कसरी हुन सक्छ, म सदनमार्फत ध्यानाकर्षण गराउन चाहन्छु” ।

सांसद कार्कीले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेर आर्थिक पारदर्शिता कायम गर्नुपर्ने बताउँदै जनताको जनभावनाको सबैले कदर गर्नुपर्नेमा जोड दिइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए फास्ट ट्रयाक निर्धारित समयमै सम्पन्न हुन्छः प्रधानसेनापति

आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए फास्ट ट्रयाक निर्धारित समयमै सम्पन्न हुन्छः प्रधानसेनापति

“अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब हुने काम छिटो सकिने खालका छन्”, उनले भने, “धेरै काम वातावरणीय प्रभाव मूल्याङ्कन र बोलप आह्वानमा खर्च भएको छ,...
सौर्य एयरलाइन्स दुर्घटनाः छोरामाथि दोष पोखिएकोमा को–पाइलट सुशान्त कटुवालका बुबाको आपत्ति

सौर्य एयरलाइन्स दुर्घटनाः छोरामाथि दोष पोखिएकोमा को–पाइलट सुशान्त कटुवालका बुबाको आपत्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा  दुर्घटना जाँचबुझ आयोगका पदाधिकारीसँग समितिले सत्यतथ्य जानकारी लिएको छ । बैठकमा दुर्घटना छानबिन आयोगका अध्यक्ष रतिसचन्द्र लाल सुमनले प्रतिवेदन प्रस्तुत...
नागढुङ्गा सुरुङमार्ग यात्रा गर्दा पैसा तिर्नुपर्ने, यस्तो छ सरकारले तोकेको शुल्क

नागढुङ्गा सुरुङमार्ग यात्रा गर्दा पैसा तिर्नुपर्ने, यस्तो छ सरकारले तोकेको शुल्क

जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार÷भ्यान काठमाडौँ आउदा रु ६५ र जाँदा रु ६०, मिनीबस÷ मिनी ट्रक काठमाडौँ आउदा रु ११५ र जाँदा रु ८० रुपैयाँ, ठूला बस र...
३८ लाख जनताले प्रधानमन्त्रीले संसदमा पोखेको कुण्ठाको जवाफ दिइसकेका छन्ः रास्वपा

३८ लाख जनताले प्रधानमन्त्रीले संसदमा पोखेको कुण्ठाको जवाफ दिइसकेका छन्ः रास्वपा

‘हिजो संसदको रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर जानुभयो । संसद र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको त्यस्तो अभिव्यक्तिको म  जवाफ दिन चाहदिन किनकि...

भर्खरै