नेभिगेशन
समाज

सदन बहिष्कारलाई निरन्तरता दिने राप्रपा र रास्वपाका सांसदको घोषणा

काठमाडौँ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले सदन बहिष्कारलाई निरन्तरता दिने बताउएका छन् । उनले अनियमितता रोक्न न्यायिक समिति गठन नभएसम्म संसद् बहिष्कारलाई निरन्तरता दिने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठक छाडेर बाहिरिएका छन् । बैठक बहिष्कार गर्नुअघि राप्रपाका सांसद प्रधानले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधार दिनुभएको राजीनामा सकारात्मक सन्देश भएको बताए । 

Ncell
Extreme Energy

“नियतबश भएको भए नैतिकताका आधारमा राजीनामा मात्रै दिएर पुग्ने हो कि होइन,  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न उठेको छ । अनियमित विषयहरू रोक्न न्यायिक छानबिन समिति गठन गर्नुपर्छ”, उनले भने, “हामी सदन बहिष्कार गर्ने प्रक्रियामा छौँ ।”

रास्वपाकी सांसद चन्दा कार्कीले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिनुभएको अभिव्यक्ति आपत्तिजनक रहेको बताइन । उनले भनिन् “अदालतको फैसला सरकारले जिम्मा लिन नसक्ने उचित होइन । राज्यले हस्तक्षेप गरेपछि स्वतन्त्र न्यायपालिका कसरी हुन सक्छ, म सदनमार्फत ध्यानाकर्षण गराउन चाहन्छु” ।

सांसद कार्कीले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेर आर्थिक पारदर्शिता कायम गर्नुपर्ने बताउँदै जनताको जनभावनाको सबैले कदर गर्नुपर्नेमा जोड दिइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।