नेभिगेशन
मुख्य समाचार

३८ लाख जनताले प्रधानमन्त्रीले संसदमा पोखेको कुण्ठाको जवाफ दिइसकेका छन्ः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले राज्य व्यवस्था समितिका सभापतिले नैतिकता देखाएपनि गृहमन्त्रीले भने नैतिकता जगाउन नसकेको बताएकी छिन् । बिहिबारको प्रतिनिधिसभा बैठकमा उनले पूर्वप्रधानन्याधीश सुशिला कार्कीको अभिव्यक्तिको उदाहरण दिदै गृहमन्त्रीले न्यायलयमा पहिल्यैदेखि हस्तक्षेप गर्दै आएको आरोप लगाइन् । 

‘नैतिकता जागेर मा. रामहरि खतिवडा ज्यूले राजीनामा दिनु भयो तर माननिय गृह मन्त्रीज्यूको नैतिकता जगाउन उहाँको आफ्नै मानक ले पनि सकेन।’ उनले भनिन्, ‘मानव तस्कारी को कुरा मात्र  होइन, न्यायालयमा उहाँको हस्तक्षेपबारे पनि  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीज्यू को स्पष्ट अभिव्यक्ति सार्वजनिक भइ सकेको  नै छ ।’ 

बुधबारको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछाने लक्षित कटाक्ष गरेका थिए । 

त्यस्तै उनले प्रधानमन्त्रीले बुधबारको संसद बैठकमा कुण्ठा पोखेको आरोप लगाइन् । ‘हिजो संसदको रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर जानुभयो । संसद र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको त्यस्तो अभिव्यक्तिको म  जवाफ दिन चाहदिन किनकि ३८ लाखभन्दा बढी नागरिकले हस्ताक्षर मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छन् ।’ 

सो क्रममा उनले सरकारका मन्त्रीहरुको आचरणबारे बुझ्दै उनीहरुको सम्पती छानविनका लागि हिम्मत देखाउन प्रधानमन्त्रीलाई सुझाव दिइन् । ‘प्रधानमन्त्रीज्यू देशमा सुशासन छ भन्नुहुन्छ, तर मन्त्रीहरू निरन्तर भ्रष्टाचार र काण्डमा मुछिएका छन्। पुराना काण्डहरू छिनोफानो नहुँदै नयाँ नयाँ लिचीबारी काण्ड, विधेयक छेड़खानी, फर्जी कार्यक्रममा विदेश भ्रमण काण्ड हरु एक पछि अर्को—सार्वजनिक भइरहेकै छन् । तसर्थ सुशासनको भाषण दिनुनअगाडि आफ्ना मन्त्रीहरूको काम, आचरण र सम्पत्ति जाँच गर्नु, मन्त्रीहरूको सम्पत्ति  सार्वजनिक गर्नुस र देशमा सुशासन को यथार्थमा के अबस्था छ बुझ्नुस भन्न चाहन्छु ।’ 

भिजिट भिसा प्रकरणको संसदीय छानविनको माग गर्दै आएको रास्वपाका सांसदहरुले आजपनि संसद बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय उपलब्ध गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाडोयाम सुरु भएसँगै बजारमा सुरु भयो बदामको बिक्री(तस्बिरहरु)

जाडोयाम सुरु भएसँगै बजारमा सुरु भयो बदामको बिक्री(तस्बिरहरु)

पारिलो घाममा बसेर बदाम खाँदै साथीभाइसँग गफ गर्दै बस्नु छुट्टै आनन्द दिने गर्दछ। बदाम एक पौष्टिक तत्वले भरिपूर्ण खाद्य वस्तु हो, यसमा भरपूर मात्रामा चिल्लो, प्रोटिन र विभिन्न...
आफ्नै प्रहरी र प्रशासनसहितको स्वायत्त मधेश प्रदेश घोषणा  गरौँः डा. सिके राउत

आफ्नै प्रहरी र प्रशासनसहितको स्वायत्त मधेश प्रदेश घोषणा गरौँः डा. सिके राउत

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीका रुपमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि उनले फेसबुकमार्फत यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । उनले धेश प्रदेश सभाको बैठक सडकमा नै  डाकेर भए...
निर्धारित समयभन्दा अगावै  तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै  तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

आयोजना प्रमुख थापाले भने, “विज्ञले अनुगमन गरे पश्चात पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिनलगायत आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँबाट सेवा सुरु हुनेछ । नेपालगञ्जमा निर्मित...
मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।