नेभिगेशन
समाज

३८ लाख जनताले प्रधानमन्त्रीले संसदमा पोखेको कुण्ठाको जवाफ दिइसकेका छन्ः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले राज्य व्यवस्था समितिका सभापतिले नैतिकता देखाएपनि गृहमन्त्रीले भने नैतिकता जगाउन नसकेको बताएकी छिन् । बिहिबारको प्रतिनिधिसभा बैठकमा उनले पूर्वप्रधानन्याधीश सुशिला कार्कीको अभिव्यक्तिको उदाहरण दिदै गृहमन्त्रीले न्यायलयमा पहिल्यैदेखि हस्तक्षेप गर्दै आएको आरोप लगाइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नैतिकता जागेर मा. रामहरि खतिवडा ज्यूले राजीनामा दिनु भयो तर माननिय गृह मन्त्रीज्यूको नैतिकता जगाउन उहाँको आफ्नै मानक ले पनि सकेन।’ उनले भनिन्, ‘मानव तस्कारी को कुरा मात्र  होइन, न्यायालयमा उहाँको हस्तक्षेपबारे पनि  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीज्यू को स्पष्ट अभिव्यक्ति सार्वजनिक भइ सकेको  नै छ ।’ 

Ncell
Extreme Energy

बुधबारको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछाने लक्षित कटाक्ष गरेका थिए । 

त्यस्तै उनले प्रधानमन्त्रीले बुधबारको संसद बैठकमा कुण्ठा पोखेको आरोप लगाइन् । ‘हिजो संसदको रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर जानुभयो । संसद र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको त्यस्तो अभिव्यक्तिको म  जवाफ दिन चाहदिन किनकि ३८ लाखभन्दा बढी नागरिकले हस्ताक्षर मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छन् ।’ 

सो क्रममा उनले सरकारका मन्त्रीहरुको आचरणबारे बुझ्दै उनीहरुको सम्पती छानविनका लागि हिम्मत देखाउन प्रधानमन्त्रीलाई सुझाव दिइन् । ‘प्रधानमन्त्रीज्यू देशमा सुशासन छ भन्नुहुन्छ, तर मन्त्रीहरू निरन्तर भ्रष्टाचार र काण्डमा मुछिएका छन्। पुराना काण्डहरू छिनोफानो नहुँदै नयाँ नयाँ लिचीबारी काण्ड, विधेयक छेड़खानी, फर्जी कार्यक्रममा विदेश भ्रमण काण्ड हरु एक पछि अर्को—सार्वजनिक भइरहेकै छन् । तसर्थ सुशासनको भाषण दिनुनअगाडि आफ्ना मन्त्रीहरूको काम, आचरण र सम्पत्ति जाँच गर्नु, मन्त्रीहरूको सम्पत्ति  सार्वजनिक गर्नुस र देशमा सुशासन को यथार्थमा के अबस्था छ बुझ्नुस भन्न चाहन्छु ।’ 

भिजिट भिसा प्रकरणको संसदीय छानविनको माग गर्दै आएको रास्वपाका सांसदहरुले आजपनि संसद बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय उपलब्ध गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर...
लागुऔषधसहित २५ जना पक्राउ

लागुऔषधसहित २५ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको...