नेभिगेशन
मुख्य समाचार

‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघिको बैठकमा गणपुरक सङ्ख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी  उक्त प्रस्ताव आज स्वीकृत गरिएको सभामुख देवराज घिमिरेले बताए । बिहिबारको कार्यसूचीमा रहेको पानी जहाजसम्बन्धी विधेयकको कार्यक्रम हटाइएको उनले जानकारी दिएका छन् । 

यसअघि विशेष समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद सीता मिजारले प्राकृतिक प्रकोपको जोखिममा दलित तथा विपन्न वर्ग पर्ने गरेको बताइन । उनले दलित र उत्पीडित वर्गका धेरै नागरिकले संविधानले प्रत्याभूत गरेको मौलिक हकको उपयोग गर्न नपाएको बताइन । उनले भने, “एकाध बाहेकले चरम गरिबी र अभाव भोगिरहेका छन् । भूमिहीन दलितले आजसम्म पनि एक टुक्रा जमिन पाएका छैनन् । दलित र भूमिहीनहरुलाई जमिनको व्यवस्था सरकारले गरोस् ।” उनले सरकारी स्वामित्वमा रहेका नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाको संरचनागत र जनशक्तिको पाटोमा सबलीकरण गर्नुपर्ने बताएकी थिइन । 

प्रतिनिधि सभाको अर्को बैठक भदौ ४ गते दिनको १ बजे बस्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अधिवक्ता ओमप्रकाश अर्याल रुपन्देही ३ मा उम्मेदवार बन्ने तयारीमा

अधिवक्ता ओमप्रकाश अर्याल रुपन्देही ३ मा उम्मेदवार बन्ने तयारीमा

'अर्याल सर चुनावको तयारीमा लाग्नु भएको छ, परिस्थिति नफेरिए उम्मेदवारी बन्नु हुन्छ', बालेनको सचिवालय स्रोतले भन्यो । बुटवल स्थायी ठेगाना भएका अर्याल हाल ललितपुर बस्दै आएका छन् ।
बागमती नगरपालिकाका मेयर थापालाई ८ वर्ष कैद, १० करोड जरिवानको फैसला

बागमती नगरपालिकाका मेयर थापालाई ८ वर्ष कैद, १० करोड जरिवानको फैसला

बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै जनही ८ वर्ष कैद र १० करोड ९ लाख...
धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ ।
ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको केए–४३६८५६ भारतीय नम्बरप्लेट भएको ट्रकमा इच्छाकामना गाउँपालिका–तीन नम्बर पुल नजिकै सडकमाथिबाट ढुङ्गा खस्दा ट्रक चालक भारतीय...