नेभिगेशन
मुख्य समाचार

अधिवक्ता ओमप्रकाश अर्याल रुपन्देही ३ मा उम्मेदवार बन्ने तयारीमा

काठमाडौँ । अधिवक्ता ओमप्रकाश अर्यालले १७ कात्तिकमा हुने रुपन्देही– ३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । काठमाडौँका मेयर बालेन्द्र शाह(बालेन)का कानुनी सल्लाहकार समेत रहेका अर्यालले स्वतन्त्र उम्मेदवारीका लागि छलफल गरिरहेको स्रोतले जनाएको छ ।

'अर्याल सर चुनावको तयारीमा लाग्नु भएको छ, परिस्थिति नफेरिए उम्मेदवार बन्नु हुन्छ',स्रोतले भन्यो । बुटवल स्थायी ठेगाना भएका अर्याल हाल ललितपुर बस्दै आएका छन् । 

अहिले अर्याल उपनिर्वाचनका विषयमा भेटघाट र छलफलमा लागेका छन् । कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि यस अघि बालेनका खाद्य सल्लाहकार समेत रहेको सन्तोष गिरीले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका थिए । उनले आफू बालेनको उम्मेदवार भएको भन्दै घरदैलो तथा भेटघाट बढाएका थिए । 

 स्रोतका अनुसार गिरीले सचिवालयमा कुनै छलफल नगरी आफै उम्मेदवार बन्न लागेको भन्दै जानकारी गराएका थिए । स्वतन्त्र उम्मेदवार बन्ने आकाङ्क्षीहरू बढ्दै गर्दा राजनीतिक दलहरुले पनि चुनावी प्रक्रिया थालनी गरेका छन् ।

नेपाली काँग्रेस र नेकपा एमालेले उम्मेदवारका विषयमा अझै आन्तरिक छलफलमा भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने उम्मेदवार छनोटका लागि आन्तरिक गतिविधिहरू चलाइरहेको छ । त्यस्तै माओवादी केन्द्र, राप्रपा लगायतका दलहरू पनि चुनावी तयारीमा छन् । 

रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आकाङ्क्षा राखेका छन् भने उनीहरू मध्येबाट उम्मेदवार छनोट गर्नका लागि भदौ १५ गते प्राइमरी इलेक्सन गर्दै छ । रास्वपाबाट उम्मेदवार बन्न कानुन व्यवसायी रहेको सुलभ खरेल, न्युरोलोजिष्ट डा लेखजंग थापा, पार्थी ज्ञानु पौडेल, भूमिप्रसाद अर्याल लगायतले उम्मेदवार बन्न रास्वपामा आवेदन दिएका छन् । 

रुपन्देही– ३ बाट निर्वाचित सांसद दीपक बोहराको गत १९ चैतमा काठमाडौँमा उपचारका क्रममा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बाजुरा बाढी अपडेटः थप आठ घर बगाएको पुष्टि

बाजुरा बाढी अपडेटः थप आठ घर बगाएको पुष्टि

बाढीले वीरसिंह बोहरा, धनरुप बोहरा, प्रबल बोहरा र सोही वडामा रहेको गोल्देमाणुदेखि टिन जोड्ने निर्माणाधीन झोलुङ्गे पुलका सामग्री बगाएको प्रहरी निरीक्षक चौधरीले बताए ।
बागमती नगरपालिकाका मेयर थापालाई ८ वर्ष कैद, १० करोड जरिवानको फैसला

बागमती नगरपालिकाका मेयर थापालाई ८ वर्ष कैद, १० करोड जरिवानको फैसला

बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै जनही ८ वर्ष कैद र १० करोड ९ लाख...
धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ ।
ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको केए–४३६८५६ भारतीय नम्बरप्लेट भएको ट्रकमा इच्छाकामना गाउँपालिका–तीन नम्बर पुल नजिकै सडकमाथिबाट ढुङ्गा खस्दा ट्रक चालक भारतीय...