नेभिगेशन
समाज

अधिवक्ता ओमप्रकाश अर्याल रुपन्देही ३ मा उम्मेदवार बन्ने तयारीमा

काठमाडौँ । अधिवक्ता ओमप्रकाश अर्यालले १७ कात्तिकमा हुने रुपन्देही– ३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । काठमाडौँका मेयर बालेन्द्र शाह(बालेन)का कानुनी सल्लाहकार समेत रहेका अर्यालले स्वतन्त्र उम्मेदवारीका लागि छलफल गरिरहेको स्रोतले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'अर्याल सर चुनावको तयारीमा लाग्नु भएको छ, परिस्थिति नफेरिए उम्मेदवार बन्नु हुन्छ',स्रोतले भन्यो । बुटवल स्थायी ठेगाना भएका अर्याल हाल ललितपुर बस्दै आएका छन् । 

Ncell
Extreme Energy

अहिले अर्याल उपनिर्वाचनका विषयमा भेटघाट र छलफलमा लागेका छन् । कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि यस अघि बालेनका खाद्य सल्लाहकार समेत रहेको सन्तोष गिरीले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका थिए । उनले आफू बालेनको उम्मेदवार भएको भन्दै घरदैलो तथा भेटघाट बढाएका थिए । 

 स्रोतका अनुसार गिरीले सचिवालयमा कुनै छलफल नगरी आफै उम्मेदवार बन्न लागेको भन्दै जानकारी गराएका थिए । स्वतन्त्र उम्मेदवार बन्ने आकाङ्क्षीहरू बढ्दै गर्दा राजनीतिक दलहरुले पनि चुनावी प्रक्रिया थालनी गरेका छन् ।

नेपाली काँग्रेस र नेकपा एमालेले उम्मेदवारका विषयमा अझै आन्तरिक छलफलमा भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने उम्मेदवार छनोटका लागि आन्तरिक गतिविधिहरू चलाइरहेको छ । त्यस्तै माओवादी केन्द्र, राप्रपा लगायतका दलहरू पनि चुनावी तयारीमा छन् । 

रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आकाङ्क्षा राखेका छन् भने उनीहरू मध्येबाट उम्मेदवार छनोट गर्नका लागि भदौ १५ गते प्राइमरी इलेक्सन गर्दै छ । रास्वपाबाट उम्मेदवार बन्न कानुन व्यवसायी रहेको सुलभ खरेल, न्युरोलोजिष्ट डा लेखजंग थापा, पार्थी ज्ञानु पौडेल, भूमिप्रसाद अर्याल लगायतले उम्मेदवार बन्न रास्वपामा आवेदन दिएका छन् । 

रुपन्देही– ३ बाट निर्वाचित सांसद दीपक बोहराको गत १९ चैतमा काठमाडौँमा उपचारका क्रममा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।