नेभिगेशन
मुख्य समाचार

बाजुरा बाढी अपडेटः थप आठ घर बगाएको पुष्टि

बाजुरा । बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ । 

तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । बाढीले कुमाल बगर बस्ने आइसिंह बोहरा, भीमराज बोहरा, सिमपानी बस्ने चन्द्रलाल, मनी बुढा र रविलाल बुढाको घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताए । 

बाढीले वीरसिंह बोहरा, धनरुप बोहरा, प्रबल बोहरा र सोही वडामा रहेको गोल्देमाणुदेखि टिन जोड्ने निर्माणाधीन झोलुङ्गे पुलका सामग्री बगाएको प्रहरी निरीक्षक चौधरीले बताए ।

बाढीले स्थानीय आइसिंह बोहराको पसल, बाख्राखोरसहित ६० बाख्रा र भीमराज बोहराको बाख्राखोरसहित १० बाख्रा बगाइसकेको छ । बाढीका कारण यहाँका सात घर पूर्ण क्षति भएका छन् भने १७ घर पूर्ण जोखिम, सरकारी तथा आठ वटा सार्वजनिक कार्यालय जोखिममा परेका छन् । बाढी प्रभावितलाई सुरक्षित ठाउँ सारिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

अहिले पनि वर्षा भइरहेकाले बाढीको जोखिम अझै रहेकाले प्रभावितलाई सुरक्षित रहन र बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । उनीहरुलाई राहत वितरण र पुनःस्थापनाका लागि काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अधिवक्ता ओमप्रकाश अर्याल रुपन्देही ३ मा उम्मेदवार बन्ने तयारीमा

अधिवक्ता ओमप्रकाश अर्याल रुपन्देही ३ मा उम्मेदवार बन्ने तयारीमा

'अर्याल सर चुनावको तयारीमा लाग्नु भएको छ, परिस्थिति नफेरिए उम्मेदवारी बन्नु हुन्छ', बालेनको सचिवालय स्रोतले भन्यो । बुटवल स्थायी ठेगाना भएका अर्याल हाल ललितपुर बस्दै आएका छन् ।
बागमती नगरपालिकाका मेयर थापालाई ८ वर्ष कैद, १० करोड जरिवानको फैसला

बागमती नगरपालिकाका मेयर थापालाई ८ वर्ष कैद, १० करोड जरिवानको फैसला

बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै जनही ८ वर्ष कैद र १० करोड ९ लाख...
धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ ।
ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको केए–४३६८५६ भारतीय नम्बरप्लेट भएको ट्रकमा इच्छाकामना गाउँपालिका–तीन नम्बर पुल नजिकै सडकमाथिबाट ढुङ्गा खस्दा ट्रक चालक भारतीय...