नेभिगेशन
मुख्य समाचार

रास्वपाको तीन दिने प्रशिक्षण भैरहवामा जारी

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आयोजना गरेको तीन दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा जारी छ ।  रास्वपा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले हिजो देखि सुरु भएको प्रशिक्षण भोलीसम्म चल्ने रास्वपा लुम्बिनीले जनाएको छ । 

प्रशिक्षणको पहिलो दिन सबै जिल्लाका सभापतिहरूसँग बन्द शिविरमा छलफल भएको थियो । होटेल पौवामा हिजो मध्याह्नबाट सुरु भएको बन्द शिविर आज बिहान ४ बजे मात्रै सकिएको थियो । 

दोस्रो दिनको प्रशिक्षणमा भने प्रदेशका सबै जिल्लाका पालिका पदाधिकारी, प्रदेश कमिटीका सदस्यहरू सहभागी हुने छन् । शुक्रवारको  प्रशिक्षण भैरहवाको गल्लामण्डीस्थित दरबार ब्यांक्वेटमा सुरु भएको छ । 

प्रदेश सभापति देवराज पाठकका अनुसार प्रशिक्षणका लागि पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ, सहमहामन्त्री विपिनकुमार आचार्य, केन्द्रीय सदस्य तोषिमा कार्की, क्रान्तिशिखा धिताल लगायतका नेता रुपन्देहीमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै