नेभिगेशन
समाज

कुवेतमा विषाक्त मदिरा पिएका ९ जना नेपालीको मृत्यु, १५ जना अस्पतालमा

कुवेत ।  विषाक्त मदिरा सेवनका कारण कुवेतमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार पछिल्लो तीन दिनमा मृत्यु भएका २३ जना मध्ये ९ जना नेपाली रहेका छन् । यस्तै १५ जना नेपालीको उपचार भैरहेको जनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुवेतस्थित सञ्चारमाध्यमहरुले मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको जनाएपछि दूतावासले भने आधिकारी मेडिकल रिपोर्ट आएपछि मात्रै कारण खुल्ने जनाएको छ । 

Ncell
Extreme Energy

यस्तै गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतले नेपालीसहित १६० जना एसियाली मुलुकका कामदारहरु विषाक्त मदिरा सेवनका कारण उपचाररत रहेको जनाएको छ । 

अध्यक्ष  विकास बहादुर सिंह (विकाससिंह ठकुरी)र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहित एसियाली मुलुकका १६० जना मदिरा सेवनकै कारण बिरामी भएर उपचाररत रहेको जानकारी दिएका हुन् ।

पत्रमा मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण २३ जनाको मृत्यु भएको जनाइएको छ । कुवेतमा मदिरा सेवन, बिक्री र वितरण पूर्णतया निषेध गरिएको उल्लेख गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।