नेभिगेशन
समाज

रवि लामिछानेलाई रुपन्देहीबाट ललितपुरको नख्खु कारागार सरुवा गरिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट ललितपुरको नख्खु कारागार सरुवा गर्ने निर्णय भएको छ । लामिछानेले डेढ महिना अघि दिएको निवेदनलाई आधार बनाउँदै अहिले सरुवा गर्ने निर्णय भएको हो । पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा रहेका लामिछानेले डेढ महिना अघि नै सरुवाका लागि निवेदन दिएका थिए । तर गृह मन्त्री रमेश लेखकको निर्देशनमा कारागार विभागले उनको सरुवा रोकेको कारागार विभाग स्रोतले जनाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर रास्वपाका नेताहरूले रविको कारागार सरुवाका विषयमा उठाउँदै आएका थिए । साथै कार्त्तिक १७ मा रुपन्देही ३ मा हुने उपनिर्वाचनमा समेत रवि लामिछाने चुनौती बन्ने देखेपछि गृह मन्त्री रमेश लेखकले पुरानै पत्रलाई देखाएर सरुवा गराउन निर्देशन दिएका हुन् । 
केही दिनअघि कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रास्वपा सांसद सविता गौतमले रविको कारागार सरुवा किन  रोकियो भन्ने प्रश्न गरेकी थिइन् । जवाफमा गृह मन्त्री लेखकले प्रक्रिया अघि बढेको बताएका थिए । 

Ncell
Extreme Energy

निवेदन दिएको डेढ महिनासम्म पनि सरुवा रोकेको गृह मन्त्रालयले उपनिर्वाचनको तयारीमा रास्वपाका शीर्ष नेताहरू रुपन्देही केन्द्रित हुँदै निरन्तर लामिछानेसँग छलफलमा जुट्न थालेपछि लामिछानेलाई सरुवा गर्ने निर्णय गरेको हो । 

कारागार विभागका सूचना अधिकारी सन्देश प्रसाद जोशीका अनुसार लामिछानेको माग अनुसार नै नख्खु कारागार पठाउने निर्णय भएको हो । अहिले जिल्ला कारागार रुपन्देहीमा लामिछानेको सरुवाको पत्र पुगिसकेकाले आज ल्याउने कि भोली ल्याउने भन्ने विषयमा जेलर सुरेश अधिकारी सहित जिल्ला स्थित सुरक्षा अधिकारी छलफलमा जुटेका छन् । 

सम्भवतः आजै काठमाडौँ ल्याउने तयारी उनीहरूको छ । सुरुमा स्थल मार्ग हुँदै काठमाडौँ ल्याउने कि हवाई मार्ग हुँदै ल्याउने भन्ने विषय नटुङ्गिएको जनाइएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि चैत २५ देखि लामिछाने रुपन्देही कारागारमा रहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...