नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेलाई रुपन्देहीबाट ललितपुरको नख्खु कारागार सरुवा गरिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट ललितपुरको नख्खु कारागार सरुवा गर्ने निर्णय भएको छ । लामिछानेले डेढ महिना अघि दिएको निवेदनलाई आधार बनाउँदै अहिले सरुवा गर्ने निर्णय भएको हो । पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा रहेका लामिछानेले डेढ महिना अघि नै सरुवाका लागि निवेदन दिएका थिए । तर गृह मन्त्री रमेश लेखकको निर्देशनमा कारागार विभागले उनको सरुवा रोकेको कारागार विभाग स्रोतले जनाएको थियो । 

तर रास्वपाका नेताहरूले रविको कारागार सरुवाका विषयमा उठाउँदै आएका थिए । साथै कार्त्तिक १७ मा रुपन्देही ३ मा हुने उपनिर्वाचनमा समेत रवि लामिछाने चुनौती बन्ने देखेपछि गृह मन्त्री रमेश लेखकले पुरानै पत्रलाई देखाएर सरुवा गराउन निर्देशन दिएका हुन् । 
केही दिनअघि कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रास्वपा सांसद सविता गौतमले रविको कारागार सरुवा किन  रोकियो भन्ने प्रश्न गरेकी थिइन् । जवाफमा गृह मन्त्री लेखकले प्रक्रिया अघि बढेको बताएका थिए । 

निवेदन दिएको डेढ महिनासम्म पनि सरुवा रोकेको गृह मन्त्रालयले उपनिर्वाचनको तयारीमा रास्वपाका शीर्ष नेताहरू रुपन्देही केन्द्रित हुँदै निरन्तर लामिछानेसँग छलफलमा जुट्न थालेपछि लामिछानेलाई सरुवा गर्ने निर्णय गरेको हो । 

कारागार विभागका सूचना अधिकारी सन्देश प्रसाद जोशीका अनुसार लामिछानेको माग अनुसार नै नख्खु कारागार पठाउने निर्णय भएको हो । अहिले जिल्ला कारागार रुपन्देहीमा लामिछानेको सरुवाको पत्र पुगिसकेकाले आज ल्याउने कि भोली ल्याउने भन्ने विषयमा जेलर सुरेश अधिकारी सहित जिल्ला स्थित सुरक्षा अधिकारी छलफलमा जुटेका छन् । 

सम्भवतः आजै काठमाडौँ ल्याउने तयारी उनीहरूको छ । सुरुमा स्थल मार्ग हुँदै काठमाडौँ ल्याउने कि हवाई मार्ग हुँदै ल्याउने भन्ने विषय नटुङ्गिएको जनाइएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि चैत २५ देखि लामिछाने रुपन्देही कारागारमा रहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...