नेभिगेशन
समाज

निजी मेडिकल कलेजमा सिट थपको आलोचना गर्नेलाई प्रधानमन्त्रीले भने 'मिडिया म्यानुपुलेटर'

काठमाडौँ । चिकित्सा शिक्षामा सिट थप गर्ने सरकारी निर्णयको आलोचना गर्नेहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मिडिया म्यानुपुलेटर’ भन्दै विरोध गरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निजी मेडिकल कलेज सञ्चालकहरूको इसारामा सरकारले चिकित्सा शिक्षातर्फ सिट बढाएको विषयमा समाचार आएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । चिकित्सा शिक्षा आयोगको बिहीबार बसेको २१ औँ बैठकले एमबीबीएस, बीडीएस, बीफर्मा, डीएम, एमसीएचलगायत विषयमा १ हजार ३५९ सिट संख्या बढाउने निर्णय गरेको थियो। 

Ncell
Extreme Energy

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ओलीले सरकारको यो निर्णयबाट देशलाई माया गर्ने र युवा भविष्यबारे चिन्ता गर्ने कसैलाई पनि बेफाइदा नभएको दाबी गरेका छन् । साथै प्रधानमन्त्री ओलीले सरकारी निर्णयको बचाउ गर्दै यसबाट चिकित्सा शिक्षामा विदेशिने ३ अर्ब १२ करोड २४ लाख ९० हजार २०० रुपैयाँ नेपाली मुद्रा जोगिएको दाबी गरेका छन्। 

उनले लेखेका छन्, ‘तर, यसलाई पनि गलत अर्थ लगाएको देखेको छु। अस्ति संसद्मा पनि यस्तै पेशेवर  ‘मास म्यानुपुलेसन’को कुरा उठाएको थिएँ। पेशेवर ‘मिडिया म्यानुपुलेटर’लाई आफ्नो द्रव्यदाता रिझाउन परेको अप्ठेरोप्रति सहानुभूति छ।’

प्रधानमन्त्रीले गत वर्ष स्नातक तहको चिकित्सा शिक्षा अध्ययनका लागि एक हजार ६५५ नेपाली विद्यार्थीले विदेश जाने अनुमति पत्र लिएको र अरु विषय पढ्न अनुमति लिने विद्यार्थीको संख्या दशौं हजार रहेको बताएका छन्। 
 
 ‘यो केवल आर्थिक नोक्सानी मात्र होइन, युवाशक्ति र भविष्यको सम्भावना पनि देशबाहिर पलायन हुने दुःखद चित्र हो,’ ओलीले भनेका छन्,  ‘विद्यार्थीलाई आफ्नै देशमा चिकित्सक बन्ने अवसर दिनु, विदेश जाने लामो ‘एयरपोर्ट लाइन’ घटाउनु र अभिभावकको आँखा रसाउने यात्रा रोक्नुलाई सरकारले आफ्नो कर्तव्य ठान्यो। यही कारण, चिकित्सा शिक्षा आयोगको हिजोको निर्णय ऐतिहासिक छ।’

सरकारको यो निर्णयले हरेक वर्ष चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिने करिब साढे तीन अर्ब रुपैयाँ देशभित्रै रहने, परिवार छोडेर परदेशिनु पर्ने बाध्यता कम हुने र नेपालमै सक्षम चिकित्सक तयार हुने मार्ग प्रशस्त हुने तर्क गरेका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।