नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी

काठमाडौँ । भैरहवा कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आज अपराह्नमा कारागार स्थानान्तरण गरिने भएको छ । कारागार स्रोतका अनुसार सभापति लामिछानेलाई आजै दिउँसो ३ बजे रुपन्देहीबाट ललितपुरको नख्खु कारागार पठाउने तयारी भएको छ । 

लामिछानेले डेढ महिना अघि नै डिल्ली बजार कारागारमा स्थानान्तरणका लागि कारागार विभागमा निवेदन दिएका थिए । साथै रुपन्देही जिल्ला अदालतले पनि उनले पायक पर्ने कारागारमा सर्न खोज्ने सार्न आदेश दिएको थियो । तर डेढ महिनासम्म पनि उनको निवेदन कारागार विभागमै रोकिएको थियो । 

लामिछानेको कारागार सरुवा पनि रोकिएको भन्दै चर्को आलोचना भएपछि विभागले उनलाई रुपन्देहीबाट सरुवा गर्ने निर्णय गरेको हो । लामिछानेले डिल्ली बजार कारागारमा बस्न निवेदन दिए पनि विभागले भने उनलाई नख्खु कारागारमा सार्न लागेको हो । 

शुक्रवार नै विभागले रुपन्देही कारागार प्रशासनलाई पत्र पठाइसकेको थियो । रुपन्देही कारागारले लामिछानेलाई आजै नख्खु ल्याउने गरी तयार गरेको कारागार स्रोतले जनाएको छ । उनलाई हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने तयारी भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...