नेभिगेशन
समाज

रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी

काठमाडौँ । भैरहवा कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आज अपराह्नमा कारागार स्थानान्तरण गरिने भएको छ । कारागार स्रोतका अनुसार सभापति लामिछानेलाई आजै दिउँसो ३ बजे रुपन्देहीबाट ललितपुरको नख्खु कारागार पठाउने तयारी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेले डेढ महिना अघि नै डिल्ली बजार कारागारमा स्थानान्तरणका लागि कारागार विभागमा निवेदन दिएका थिए । साथै रुपन्देही जिल्ला अदालतले पनि उनले पायक पर्ने कारागारमा सर्न खोज्ने सार्न आदेश दिएको थियो । तर डेढ महिनासम्म पनि उनको निवेदन कारागार विभागमै रोकिएको थियो । 

Ncell
Extreme Energy

लामिछानेको कारागार सरुवा पनि रोकिएको भन्दै चर्को आलोचना भएपछि विभागले उनलाई रुपन्देहीबाट सरुवा गर्ने निर्णय गरेको हो । लामिछानेले डिल्ली बजार कारागारमा बस्न निवेदन दिए पनि विभागले भने उनलाई नख्खु कारागारमा सार्न लागेको हो । 

शुक्रवार नै विभागले रुपन्देही कारागार प्रशासनलाई पत्र पठाइसकेको थियो । रुपन्देही कारागारले लामिछानेलाई आजै नख्खु ल्याउने गरी तयार गरेको कारागार स्रोतले जनाएको छ । उनलाई हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने तयारी भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...