नेभिगेशन
मुख्य समाचार

शेखरको आरोपः कुलिङ अफ पिरियडमा छेडखानी एमालेबाटै, जग्गा हडप्न एमालेले नै भूमि विधेयक ल्याउन लाग्यो

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्वलाई दवाव दिनुपर्ने बताएका छन् । 

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेसको महाधिवेशन समयमा नै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले समयमा नै आगामी महाधिवेशन आयोजना गर्न पार्टी सभापति शेर बहादुर देउवालाई दवाव दिनुपर्ने बताएका हुन् । 

२०८४ पछि मात्रै पार्टीको महाधिवेशन गर्ने कुरा सुनिन थालेको भन्दै कोइरालाले त्यस्तो भए कांग्रेसको भविष्यमाथि नै प्रश्न उठ्न सक्ने बताए । उनले कांग्रेसभित्रको गुटका कारण अनुशासन समिति पनि गुटमा बिभाजन हुन पुगेको बताए । पार्टीमा देखिएको बेथिति अन्त्यका साथै एकढिक्का बनाएर अघि बढाउन पनि १५ औँ महाधिवेशन समयमै हुन जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै कोइरालाले ठूला दल मिलेर सरकार बनेपनि भ्रष्टाचार, दण्डहिनता बढ्दै गएको टिप्पणी गरे । निजामती विधेयकको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम एमालेबाटै भएको भन्ने कुरा लुकाउनुनपर्ने उनले बताए । उनले खाली जग्गा हडप्ने उदेश्यका साथ एमालले भूमि सम्बन्धी विधेयक ल्याउन लागेको आरोप लगाए । 

कोइरालाले भूमि सम्बन्धी विधेययकमा कांग्रेसका सांसदहरूले संशोधन प्रस्ताव हाल्दा भूमिमन्त्रीले स्वीकार नगरेको बताए । उनले कांग्रेस  र एमालेबीच भएको सहमति अनुसार सरकार चल्न नसकेको टिप्पणी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै