नेभिगेशन
मुख्य समाचार

उद्योगीसँग डेडिकेटेड र ट्रंकलाईनको वक्यौता असुल गर्न प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले उद्योगहरुले प्रयोग गरेको विद्युतको बक्यौता असुल गर्न विधुत प्राधिकरणलाई निर्देशन दिएका छन् । 

नेपाल विद्युत प्राधिकरणको ४०औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा ऊर्जा मन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाईनको विषयमा प्राधिकरण लामो समय अल्मलिएर बसेको भन्दै छिटो भन्दा छिटो बक्यौता असुल गर्न निर्देशन दिएका हुन् । 

उद्योगीहरुले उपयोग गरेको विधुत वापतको महशुल उठाउने क्षमता प्राधिकरणले राख्नुपर्ने उनले बताए । मन्त्री खड्काले विधुत उत्पादनसंगै सुरक्षित प्रवाह गर्न सक्ने क्षमताको अभिवृद्धि गर्ने लक्ष्यका साथ प्राधिकरणले काम गर्न सक्नुपर्नेमा जोड दिए । 

सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रुपमा उर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए । उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न विद्युत प्राधिकरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

मन्त्री खड्काले जलशाययुक्त आयोजनाहरुलाई प्राधिकरणले समेत अघि बढाउन सक्ने गरि सरकारले योजना तयार पारेको स्पष्ट पारे । उनले विधुत प्रवाहमा देखिएको अवरोध यसअघिको वर्षमा भन्दा चालू बर्षमा आधा घटेपनि थप सुधार गर्दै अघि बढ्नुपर्ने बताए । 

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कुल सम्पती ६ दशमलव २ प्रतिशतले बृद्धि भइ ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको जानकारी दिए । प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको उनले बताए । उनले गत आर्थिक बर्षमा प्राधिकरणको प्रणालीमा कूल ४ सय ३४ मेगावाट थप भएको जानकारी दिए । त्यस्तै प्रणालीमा कुल २५३ सर्किट किलोमिटर लाइन थप भइ कुल लम्वाई ६ हजार ७ सय ६० सर्किट किलोमिटर पुगेको उनले बताए । 

उनले विद्युत् चुहावट ०.४७ प्रतिशतले कमी भई १२.२६ प्रतिशतमा आएको जानकारी दिए ।  गत आर्थिक वर्षमा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिप भएको र यो वर्ष घट्ने क्रममा रहेको उनको भनाइ छ । शाक्यले आगामी वर्ष काठमाडौँ उपत्यकाका चार लाख घरधुरीमा स्मार्ट मीटर जडानको प्रक्रिया सुरु हुने र देशभर गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था गरिने पनि बताए ।  समारोहमा प्राधिकरणका उत्कृष्ट १५ कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने उत्कृष्ट काम गर्ने कार्यालयहरूलाई समेत पुरस्कृत गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै