नेभिगेशन
समाज

उद्योगीसँग डेडिकेटेड र ट्रंकलाईनको वक्यौता असुल गर्न प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले उद्योगहरुले प्रयोग गरेको विद्युतको बक्यौता असुल गर्न विधुत प्राधिकरणलाई निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्युत प्राधिकरणको ४०औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा ऊर्जा मन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाईनको विषयमा प्राधिकरण लामो समय अल्मलिएर बसेको भन्दै छिटो भन्दा छिटो बक्यौता असुल गर्न निर्देशन दिएका हुन् । 

Ncell
Extreme Energy

उद्योगीहरुले उपयोग गरेको विधुत वापतको महशुल उठाउने क्षमता प्राधिकरणले राख्नुपर्ने उनले बताए । मन्त्री खड्काले विधुत उत्पादनसंगै सुरक्षित प्रवाह गर्न सक्ने क्षमताको अभिवृद्धि गर्ने लक्ष्यका साथ प्राधिकरणले काम गर्न सक्नुपर्नेमा जोड दिए । 

सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रुपमा उर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए । उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न विद्युत प्राधिकरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

मन्त्री खड्काले जलशाययुक्त आयोजनाहरुलाई प्राधिकरणले समेत अघि बढाउन सक्ने गरि सरकारले योजना तयार पारेको स्पष्ट पारे । उनले विधुत प्रवाहमा देखिएको अवरोध यसअघिको वर्षमा भन्दा चालू बर्षमा आधा घटेपनि थप सुधार गर्दै अघि बढ्नुपर्ने बताए । 

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कुल सम्पती ६ दशमलव २ प्रतिशतले बृद्धि भइ ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको जानकारी दिए । प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको उनले बताए । उनले गत आर्थिक बर्षमा प्राधिकरणको प्रणालीमा कूल ४ सय ३४ मेगावाट थप भएको जानकारी दिए । त्यस्तै प्रणालीमा कुल २५३ सर्किट किलोमिटर लाइन थप भइ कुल लम्वाई ६ हजार ७ सय ६० सर्किट किलोमिटर पुगेको उनले बताए । 

उनले विद्युत् चुहावट ०.४७ प्रतिशतले कमी भई १२.२६ प्रतिशतमा आएको जानकारी दिए ।  गत आर्थिक वर्षमा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिप भएको र यो वर्ष घट्ने क्रममा रहेको उनको भनाइ छ । शाक्यले आगामी वर्ष काठमाडौँ उपत्यकाका चार लाख घरधुरीमा स्मार्ट मीटर जडानको प्रक्रिया सुरु हुने र देशभर गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था गरिने पनि बताए ।  समारोहमा प्राधिकरणका उत्कृष्ट १५ कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने उत्कृष्ट काम गर्ने कार्यालयहरूलाई समेत पुरस्कृत गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...