नेभिगेशन
मुख्य समाचार

चाडपर्व सुरु हुनुअघि सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले दशै तिहार लगाएत ठूला चाडपर्वलाई मध्यनगर गर्दै सडक पूर्वाधारमा ध्यान दिन, सहज रुपमा यातायात व्यवस्थापन, टिकटको सहज पहुचको व्यवस्थाका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै चाडपर्वमा सहज रुपमा आवागमन गर्नसक्ने गरि आवश्यक निगरानी र अनुमगन गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकले अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र गल्छी त्रिशुली स्याप्रुबेसी रसुवागढी सडकको दिगो र भरपर्दो रुपमा बाह्रै महिना सञ्चालन गर्न सक्ने गरि आवश्यक निर्माण र मर्मतसम्भार गरि सहज रुपमा सवारी साधान सञ्चालनको सुनिश्चिताका लागि आवश्यक कार्य गर्न समेत निर्देशन दिएको छ । 

purbadhar-samiti-1-1755432711.jpg
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अन्तरदेशीय जोड्ने सडकको मर्मत सम्भार भइरहेको बताए । रसुवा नाकाको पुल चीनले मर्मत सम्भार गरिरहेको अवस्थामा पुल निर्माण भएपछि नेपालतर्फको सडकमा सहज रुपमा आवागमनलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनले बताए । त्यस्तै मन्त्री दाहालले चाडपर्वका समयमा सहज रुपमा यातायात व्यवस्थाका साथै सवारीको भाडा दरको समेत नियमन गरिने जानकारी दिए । यस पटकको दशँैतिहारमा भाडा बढाउने कुनै योजना नरहेको उनको भनाइ छ । 

बैठकमा समिति सदस्यहरुले सार्वजनिक सवारीको चाडपर्वमा कडाइका साथ अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए । साथै उनीहरुले देशका महत्वपूर्ण राजमार्गको नियमित मर्मतसम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...