नेभिगेशन
समाज

चाडपर्व सुरु हुनुअघि सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले दशै तिहार लगाएत ठूला चाडपर्वलाई मध्यनगर गर्दै सडक पूर्वाधारमा ध्यान दिन, सहज रुपमा यातायात व्यवस्थापन, टिकटको सहज पहुचको व्यवस्थाका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै चाडपर्वमा सहज रुपमा आवागमन गर्नसक्ने गरि आवश्यक निगरानी र अनुमगन गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । 

Ncell
Extreme Energy

बैठकले अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र गल्छी त्रिशुली स्याप्रुबेसी रसुवागढी सडकको दिगो र भरपर्दो रुपमा बाह्रै महिना सञ्चालन गर्न सक्ने गरि आवश्यक निर्माण र मर्मतसम्भार गरि सहज रुपमा सवारी साधान सञ्चालनको सुनिश्चिताका लागि आवश्यक कार्य गर्न समेत निर्देशन दिएको छ । 

purbadhar-samiti-1-1755432711.jpg
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अन्तरदेशीय जोड्ने सडकको मर्मत सम्भार भइरहेको बताए । रसुवा नाकाको पुल चीनले मर्मत सम्भार गरिरहेको अवस्थामा पुल निर्माण भएपछि नेपालतर्फको सडकमा सहज रुपमा आवागमनलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनले बताए । त्यस्तै मन्त्री दाहालले चाडपर्वका समयमा सहज रुपमा यातायात व्यवस्थाका साथै सवारीको भाडा दरको समेत नियमन गरिने जानकारी दिए । यस पटकको दशँैतिहारमा भाडा बढाउने कुनै योजना नरहेको उनको भनाइ छ । 

बैठकमा समिति सदस्यहरुले सार्वजनिक सवारीको चाडपर्वमा कडाइका साथ अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए । साथै उनीहरुले देशका महत्वपूर्ण राजमार्गको नियमित मर्मतसम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन काठमाडौँमा सुरु

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन काठमाडौँमा सुरु

महाधिवेशनमा विगतका नीति, कार्ययोजना र कामको समीक्षा, सङ्गठनात्मक अप्ठयारा पहिचान, विधान संशोधन, बदलिँदो आर्थिक परिवेश र चुनौती समाधान गर्न भावी कार्यक्रम र रणनीतिक योजना तयसँगै आगामी कार्यकालका लागि...
उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो ।
सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै पनि नीति लिएको छैन्ः मन्त्री तिमिल्सिना

सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै पनि नीति लिएको छैन्ः मन्त्री तिमिल्सिना

आईतबार काठमाडौंमा नेपाल पत्रकार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएकाले त्यसको संरक्षणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
मुस्ताङको कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङको कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार यहाँ आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनसम्बन्धी छलफलमा उनले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको...