नेभिगेशन
समाज

मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दायर, पत्नीलाई मुद्दा चल्दा काँग्रेस उपसभापति धनराज जोगिए

काठमाडौँ । ललितपुरको महालक्ष्मीस्थानको मितेरी सहकारी ठगीमा सरकारी वकिलको कार्यालय ललितपुरले ८ जनाविरुद्ध  जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निकै लामो समय लगाएर तीन जनालाई पक्राउ गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वलिकमा बुझाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारी वकिलको कार्यालयले प्रहरीले प्रतिवेदनमा राय दिए अनुसारनै ८ जना विरुद्ध मुद्दा दायर गरेको हो । पक्राउ परेका बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्रीसहित कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योती गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदिप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३  वर्षका अर्जुन अरामलाई प्रतिवादी बनाउँदै आइतबार मुद्धा दायर भएको छ । 

Ncell
Extreme Energy

भण्डारी, अधिकारी र खत्री बाहेक अन्य सबै जनालाई फरार देखाएर मुद्धा दायर भएको हो । उनीहरु उपर ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा कारवाहीको माग गरिएको छ । 
उक्त सहकारी प्रकरणमा कांग्रेस उपसभापति समेत रहेका धनराज गुरुङको समेत नाम जोडिएको थियो । तर प्रहरीले अनुसन्धान प्रतिवेदन बुँझाउँदानै मुद्धा चलाउनु पर्ने रायमा उनको नाममा थिएन । 

उनीहरूले मितेरी सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ अपचलन गरेको आरोप छ। यस्तै उनीहरूकै मिलेमतोमा कम्बोडियाबाट पार्सल ३३ करोड ११ लाख रुपैयाँ पठाएको छ भन्दै उक्त रकम निकाल्न कमिसनबापत भन्दै थप ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ ठगी गरेको आरोप छ।

यो समेत गरेर ठगीमा १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ ९२ पैसा बिगो कायम गरिएको छ। सुवास खत्री र अर्जुन आरमलाई हुण्डीको कसुरमा पनि प्रतिवादी बनाइएको छ। उनीहरूले ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ २२ पैसा हुन्डीको कारोबार गरेको प्रमाण फेला परेको अभियोग पत्रमा दाबी गरिएको छ।

सुवास खत्रीलाई क्रिप्टो कारोबारमा २ हजार १४९ अमेरिकी डलर ९करिब ३ लाख रुपैयाँ० को कारोबार गरेको आरोप छ। उनलाई उक्त कसुरमा पनि प्रतिवादी बनाइएको छ।  कसुरअनुसार सबै प्रतिवादीलाई छुट्टा छुट्टै बिगो कायम गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...