नेभिगेशन

सिधाकुरा विशेष

‘देश डुब्दैछ, जनताले खोजुन, उनीहरुले तिरेको पैसा खोई ?’– सह सचिव कुमारप्रसाद दहाल

राजनीतिक नेतृत्व र उच्च तहको कर्मचारी प्रशासनलाई हातमा लिएर एउटा समूहले देशका विभिन्न क्षेत्रमा ब्रम्हलुट मच्चाई रहेको र त्यसको जरा काट्न खोज्दा आफ्नो सरुवा गरिएको सहसचिव दहालको आरोप छ ।

काठमाडाैँ । सहसचिव कुमार दहालले निजामति सेवामा जीवनको ३५ वर्ष बिताए । अबको साढे तीन महिनापछि उमेर हदका कारण उनी अनिवार्य अवकाशमा जाँदैछन् । अनिवार्य अवकाशको मुुखैमा दहाल उपभोक्ता हित र वाणिज्य तथा व्यापार सहजीकरणको महत्वपूर्ण मानिने वाणिज्य विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।  

पछिल्लो ५ महिनादेखि उपभोक्ता हित र राज्यको ढुकुटीका लागि कुनै सम्झौता नगरी काम गरिरहेको दाबी गरेका दहाल अनपेक्षित सरुवामा परे । साउन २६ मा दहाललाई सरकारले वाणिज्य विभागको महानिर्देशकबाट हटायो । 

उनकाअनुसार विद्यमान  निजामति ऐनअनुसार अनिवार्य अवकाशमा जान एकवर्ष भन्दा कम समय बाँकी रहेका राष्ट्र सेवकलाई अन्तिम जिम्मेवारीबाट विशम अवस्थामा बाहेक अन्यत्र सरुवा गर्न पाइन्न ।  तर, सोमबारको मन्त्रिपरिषद्ले दहालसहितका केही यस्तै पृष्ठभूमीका सहसचिवहरुको कानुन कुल्चिएर जिम्मेवारी  हेरफेर गर्यो । 

राजनीतिक नेतृत्व र उच्च तहको कर्मचारी प्रशासनलाई हातमा लिएर एउटा समूहले देशका विभिन्न क्षेत्रमा ब्रम्हलुट मच्चाई रहेको र त्यसको जरा काट्न खोज्दा आफ्नो सरुवा गरिएको सहसचिव दहालको आरोप छ । खाद्यन्न, तयारी पोशाक, अटोमोबाइल्स, संस्थागत विद्यालयदेखि शैक्षिक परामर्श केन्द्रसम्ममा भएको बदमासीलाई राज्यको प्रणालीमा ल्याउन काम गर्दा गर्दै बिचौलियाले आफ्नो सरुवा गरिदिएको उनी हाकाहाकी बताउँछन् ।  

जनताको दैनिक भान्सादेखि शरीर ढाक्ने कपडा र शैक्षिक संस्थाहरुसमेतबाट कानुनको उल्लघंन गरेर जनता र राज्य दुुवै ठगिएको र यसको नेतृत्वकर्ता राज्यको नेतृत्व तहसँग घाँटी जोडेर बसेको उनको आरोप छ । सहसचिव भएपछिको ९ सहित ३५ वर्ष सरकारी सेवामा बिताउँदा भोगेको सरकार, मन्त्री, व्यापार र व्यवसायी एवम् उपभोक्ताले खेपिरहेको हैरानीबारे दहालले सिधाकुरासँग लामो अनुुभव बाँडेका छन् ।  

निजामती सेवाको राजपत्राकिंत प्रथम श्रेणीको पदमा बहालवाला रहेकै अवस्थामा उनले मन्त्री, सत्ताका नेतृत्वदेखि निजामति सेवाको नेतृत्वकर्ता मुख्य सचिवसम्मको भूूमिका, राज्य र जनताको हितमा नभई बिचौलियाहरुका लागि पक्षपोषण गर्ने खालको भएको खुलासा गरेका छन् । राज्य र सम्पूर्ण संरचना नै असफलताको डिलमा पुुगेको भन्दै उनले जनतालाई आफूूले तिरेको पैसाको हिसाब खोज्न आह्वान समेत गरे । 

हरेक दिन जनताले हजारौ रुपैयाँ राज्यका लागि तिरेको तर त्यो रकम राज्य नेतृत्वकै संरक्षणमा बिचौलियाले झ्वाम पारेको उनको आरोप छ । सहसचिव दहालको कार्यकाल, कर्मचारी प्रशासन, काम, सरुवा, बजारको बेथिती र यसमा राज्यका निकायको सन्देशपूर्ण भूमिकाबारे सिधाकुराका लागि नवीन ढुंगानाले दहालसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
 


 

प्रतिक्रिया दिनुहोस्
थप सिधाकुरा विशेष
देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण
‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘मिल्ने भए मेरो मृगौला बेचेर भए पनि उपचार गर्ने थिएँ श्रीमतिको । केही वर्ष भए पनि उसलाई बचाउन मन छ मलाई’ खड्केले भने ।
त्यो दिन बंकरभित्र के भएको थियो ? विपिनका साथी धनबहादुरको बयान

त्यो दिन बंकरभित्र के भएको थियो ? विपिनका साथी धनबहादुरको बयान

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि सङ्कायको अन्तिम वर्ष अध्ययन गरिरहेका ४९ जना विद्यार्थी ६ समुहमा विभाजित भएर इजरायलका विभिन्न कृषि केन्द्रमा काम गरिरहेका थिए । उनीहरु लर्न एण्ड अर्न कार्यक्रम...