नेभिगेशन
समाज

गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता तथा संवाद टोली गठन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको जनाएको हो ।

Marvel
Extreme Energy

टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्यसचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि तथा शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन् ।

मन्त्रालयले केसीले उठाएका मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र ती विषयमा मन्त्रालय संवेदनशील रहेको जनाएको छ । यसअघि पनि मन्त्रालयले कात्तिक १२ र १६ गते विज्ञप्ति जारी गरी आफ्नो धारणा सार्वजनिक गरिसकेको थियो ।

माग सम्बोधनका लागि वार्ता र संवादलाई प्राथमिकता दिँदै मन्त्रालयले अनशनरत केसी पक्षलाई वार्तामा आउन आग्रह गरेको छ । विज्ञप्तिमा संवादका माध्यमबाट मागमा उठाइएका विषयको समाधान खोज्न मन्त्रालय तयार रहेको उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा पार्टीको धारणा तय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको आकस्मिक बैठक बस्ने तयारी भएको छ ।
अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनको नियन्त्रण गुमाएसँगै उनको कार्यकालका बाँकी दुई वर्षमा...
यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने...