नेभिगेशन
समाज

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

ट्रम्पको बाँकी कार्यकालमा राजनीतिक टकराव बढ्ने, हाकिम जेफ्रिज पहिलो अश्वेत सभामुख बन्ने बाटो खुल्यो

वासिङ्टन । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनको नियन्त्रण गुमाएसँगै उनको कार्यकालका बाँकी दुई वर्षमा प्रशासन र कङ्ग्रेसबीच राजनीतिक टकराव बढ्ने देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटहरूले रिपब्लिकनको बलियो पकड रहेका राज्यमा समेत अप्रत्याशित सफलता हासिल गरेका छन् । एसोसिएटेड प्रेसका अनुसार उनीहरूले सिनेटमा कम्तीमा सात सिट थपेका छन् । कन्सास, आयोवा, टेक्सास, ओहायो, मेन, उत्तर क्यारोलिना र दक्षिण क्यारोलिनामा रिपब्लिकन उम्मेदवारलाई पराजित गर्दै डेमोक्रेटले सिट खोसेका हुन् ।

Marvel
Extreme Energy

मेनमा डेमोक्रेटिक उम्मेदवार ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गरेका छन् । सन् १९९६ देखि सिनेटमा प्रतिनिधित्व गर्दै आएकी कोलिन्सले आफ्नो पराजय स्वीकार गरेकी छन् । त्यस्तै, कन्सासमा झन्डै एक शताब्दीदेखि पहिलोपटक डेमोक्रेटिक सिनेटर निर्वाचित भएका छन् । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले झन्डै १८ प्रतिशत मतान्तरले जितेको दक्षिण क्यारोलिनामा समेत डेमोक्रेटले रिपब्लिकन उम्मेदवारलाई हराएका छन् ।

निर्वाचनमा जीवनयापनको बढ्दो लागत, महँगी, ट्रम्प प्रशासनको भन्सार शुल्क नीति र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि प्रमुख कारण बनेको रोयटर्सले जनाएको छ । मतदाताले अर्थतन्त्र र दैनिक उपभोग्य वस्तुको मूल्यलाई प्राथमिकता दिएका थिए । ट्रम्पको आप्रवासन तथा सांस्कृतिक मुद्दाकेन्द्रित चुनावी अभियानभन्दा मतदाताका आर्थिक चिन्ता बढी प्रभावशाली बनेको विश्लेषण गरिएको छ ।

निर्वाचनले केही ऐतिहासिक परिणामसमेत दिएको छ । जर्जियामा डेमोक्रेटिक उम्मेदवार केइशा लान्स बटम्स गभर्नर निर्वाचित भएकी छन् । उनी अमेरिकी इतिहासमा गभर्नर बन्ने पहिलो अश्वेत महिला हुन् ।

दुवै सदनमा बहुमत प्राप्त गरेपछि डेमोक्रेटहरूले ट्रम्प प्रशासनमाथि संसदीय निगरानी बढाउन सक्नेछन् । उनीहरूले इरान युद्ध, आप्रवासन नीति, भ्रष्टाचारका आरोप तथा प्रशासनका विवादास्पद निर्णयमाथि अनुसन्धान अघि बढाउन सक्नेछन् । त्यस्तै, सिनेटमा बहुमत भएपछि राष्ट्रपतीय नियुक्तिका लागि प्रस्तावित अधिकारीहरूको सुनुवाइ र अनुमोदन प्रक्रियामा समेत उनीहरूको निर्णायक भूमिका हुनेछ ।

प्रतिनिधिसभामा डेमोक्रेटको बहुमतसँगै नेता हाकिम जेफ्रिज पहिलो अश्वेत सभामुख बन्ने सम्भावना बलियो भएको छ । आगामी जनवरीमा नयाँ कङ्ग्रेसले कार्यभार सम्हालेपछि सभामुख चयनका लागि मतदान हुनेछ । उनी निर्वाचित भए अमेरिकी इतिहासमा प्रतिनिधिसभाको नेतृत्व गर्ने पहिलो अश्वेत व्यक्ति बन्नेछन् ।

निर्वाचन परिणामपछि राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूलाई बधाई दिँदै परिणाम स्वीकार गरेका छन् । तर रिपब्लिकन उम्मेदवारको पराजयलाई आफ्नो व्यक्तिगत राजनीतिक असफलताका रूपमा स्वीकार गर्न भने अस्वीकार गरेका छन् । उनले डेमोक्रेटहरूले अघि सार्ने आफूलाई अस्वीकार्य लाग्ने विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनीसमेत दिएका छन् ।

यद्यपि कङ्ग्रेसमा डेमोक्रेटको बहुमत भए पनि राष्ट्रपतिसँग विधेयक रोक्ने भिटो अधिकार कायमै रहनेछ । त्यसलाई निष्प्रभावी बनाउन दुवै सदनमा दुईतिहाइ बहुमत आवश्यक पर्ने भएकाले आगामी दुई वर्ष अमेरिकी राजनीति विधायिका र कार्यपालिकाबीचको शक्ति संघर्षमा केन्द्रित हुने देखिएको छ ।

मुख्य स्रोतहरू,  रोयटर्स र एसोसिएटेड प्रेस ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

नियुक्त भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैं अस्पताल भर्ना भएका छन्।