नेभिगेशन
समाज

डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ

कर्णाली । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका चार जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले आज त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङ गाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा सोही नगरपालिका–७ घर भएका जबर्जस्ती करणीसम्बन्धी कसुरमा आठ वर्ष कैद सजाय तोकिएका २९ वर्षीय कालीप्रसाद रोकाय र नलगाड नगरपालिका–९ जाजरकोट घर भई नकबजनी चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय तोकिएका १९ वर्षीय कैलाश भन्ने कपिल परियारलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।  

Marvel
Extreme Energy

उनका अनुसार मङ्गलबार आठबिसकोट नगरपालिका १० रुकुमपश्चिम घर भएका जबर्जस्ती करणी मुद्दाका कैदी ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ सल्यान घर भएका जबर्जस्ती करणी मुद्दाका कैदी २८ वर्षीय रेशम राना  पक्राउ परेका थिए । चेकजाँचको क्रममा भाग्न खोज्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता राठौरले बताए । 

यही कात्तिक १४ गते शुक्रबार बिहान ६ः०० बजे डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी भागेका थिए । भागेका अन्य कैदीबन्दीको खोजी कार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा पार्टीको धारणा तय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको आकस्मिक बैठक बस्ने तयारी भएको छ ।
अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनको नियन्त्रण गुमाएसँगै उनको कार्यकालका बाँकी दुई वर्षमा...
यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने...
आईजीपी कार्कीलाई हटाउन मात्र बसेको थियो मन्त्रिपरिषद् बैठक

आईजीपी कार्कीलाई हटाउन मात्र बसेको थियो मन्त्रिपरिषद् बैठक

आज बसेको मन्त्रिपरिषद् बैठकले जम्माजम्मी एउटा निर्णय गर्यो र त्यो निर्णय हो– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने ।