नेभिगेशन
मुख्य समाचार

एमालेले गरेको सदस्यता नवीकरण खारेजबारे औपचारिक जानकारी छैनः विद्यादेवी भण्डारी

विराटनगर । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा र्फकन मिल्ने बताएकी छिन् । सोमबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पुर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा र्फकन मिल्ने बताएका हुन् । 

गणतन्त्र र राजतन्त्रमा फरक–फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनकोे भनाइ छ । उनले आफु पार्टीसँगको आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गराउँदै एमालेकै नीति–कार्यक्रमअनुसार अघि बढ्ने स्पष्ट पारिन् । एमालेले आफुलाई स्वीकार नगरे पनि आफु एमाले नै भएको उनले बताइन् । 

भण्डारीले आफुले राष्ट्रपतिको पदावधि सक्किएपछि पार्टीको सदस्यता नविकरण गरेको र अहिले एउटा संगठित सदस्यको हैसियतले काम गरिरहेको बताइन् । पुर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किएपछि संविधानको औचित्य सकिएन भन्ने प्रश्नमा पुर्व राष्ट्रपति भण्डारीले यस्तो विषयमा संविधानविद्हरुले जवाफ दिने उल्लेख गरिन् । 

उनले मुलुकमा धेरै वामपन्थी दलहरु रहेकाले वाम एकता हुने सम्भावना नदेखेको बताइन् । एमालेले गरेको सदस्यता नवीकरण खारेजसम्बन्धी निर्णयबारे गरिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नआएको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै