नेभिगेशन
समाज

एमालेले गरेको सदस्यता नवीकरण खारेजबारे औपचारिक जानकारी छैनः विद्यादेवी भण्डारी

विराटनगर । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा र्फकन मिल्ने बताएकी छिन् । सोमबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पुर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा र्फकन मिल्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गणतन्त्र र राजतन्त्रमा फरक–फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनकोे भनाइ छ । उनले आफु पार्टीसँगको आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गराउँदै एमालेकै नीति–कार्यक्रमअनुसार अघि बढ्ने स्पष्ट पारिन् । एमालेले आफुलाई स्वीकार नगरे पनि आफु एमाले नै भएको उनले बताइन् । 

Ncell
Extreme Energy

भण्डारीले आफुले राष्ट्रपतिको पदावधि सक्किएपछि पार्टीको सदस्यता नविकरण गरेको र अहिले एउटा संगठित सदस्यको हैसियतले काम गरिरहेको बताइन् । पुर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किएपछि संविधानको औचित्य सकिएन भन्ने प्रश्नमा पुर्व राष्ट्रपति भण्डारीले यस्तो विषयमा संविधानविद्हरुले जवाफ दिने उल्लेख गरिन् । 

उनले मुलुकमा धेरै वामपन्थी दलहरु रहेकाले वाम एकता हुने सम्भावना नदेखेको बताइन् । एमालेले गरेको सदस्यता नवीकरण खारेजसम्बन्धी निर्णयबारे गरिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नआएको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।