नेभिगेशन
समाज

रवि लामिछानेको स्वास्थ्यमा समस्या, ट्रमा सेन्टरका टोलीले जाँच गर्दै

काठमाडौँ । रुपन्देहीबाट ललितपुरको नख्खु कारागार सारिएका रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । भारत भ्रमणबाट फर्कनेवित्तिकै लामिछानेलाई भेट्न कारागार पुगेका उपसभापति डिपी अर्यालले उनलाई केही स्वास्थ्य समस्या देखिएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आज म भेट्न पुग्दा उहाँको स्किन केही फरक भएको पाएँ । पहिलेको भन्दा उहाँको स्किन फरक देखिएको छ ।’ अर्यालले भने, ‘मैले उहाँको स्वास्थ्य जाँच आवश्यक छ भनेर जेल प्रशासनलाई जानकारी गराएँ । जेलरले उहाँलाई बाहिर लैजाँदा सुरक्षा चुनौति हुने हुँदा डाक्टरलाई यहीँ बोलाउन सुझाव दिनुभयो । अहिले ट्रमा सेन्टरबाट जाँचको लागि डाक्टरको टोली नख्खु पुगेका छन् ।’ 

Ncell
Extreme Energy

रुपन्देही करागारमा रहँदा घाममा निस्कन नपाएको कारण त्यस्तो भएको हुनसक्ने उपसभापति अर्यालको अनुमान छ । रुपन्देही करागारमा रहँदा लामिछाने कोठाबाट बाहिर निस्कन पाएका थिएनन् । आफूहरु भेट्न जाँदा पनि अँध्यारो कोठामा बस्ने भएका कारण लामिछानेको स्किनमा खास फरक नदेखिएको र अहिले खुल्ला ठाउँमा भेट्दा पसरवर्तन देखिएको अर्यालले बताए । 

उनले आज पहिलो पटक सभापति लामिछानेसँग बाहिर खुल्ला ठाउँमा भेट्न पाएको बताए । सो क्रममा उनले लामिछानेसँग समसामयिक विषयमा कुराकानी भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।