नेभिगेशन
मुख्य समाचार

विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएकी छिन् । 

सामाजिक सञ्जालमार्फत आज उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताएकी हुन् । “ यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तरराष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्तामा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु । निरन्तर यो प्रयास भइरहेको छ”, मन्त्री डा राणाले उल्लेख गरेकी छिन् । 

यस्ताे छ उनले सामाजिक सञ्जालमा दिएकाे अभिव्यक्ति:

हमास समूहको नियन्त्रणमा रहेका बिपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको छ । यो नेपाल सरकारको दायित्व पनि हो । हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा बिपिनकी आमा र बहिनी इजरायल भ्रमणमा हुनुहुन्छ र उहाँले हिजो इजरायली महामहिम राष्ट्रपतिसँग भेटगरी बिपिनको रिहाइको अपिल पनि गर्नुभएको छ ।

म परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्धालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एकबर्ष म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि लिएर अन्तर्राष्ट्रिय मञ्चहरु, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरु एवं मसँगको शिष्टाचार भेटका क्रममा विभिन्न देशका राजदूतहरुसँग बिपीनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु । गत असोजमा राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेताहरुसँग पनि यो अपिल गरेकी थिएँ ।  

त्यस अवसरमा जि७७ प्लस, जि२०, एलडिसी राष्ट्रहरुको मञ्चका बैठकहरुलाई सम्बोधन गर्दा पनि मैले बिपीनको रिहाइका लागि विश्व समुदायसँग अपिल गरेँ । उहाँहरुले पहल गर्छौँ पनि भन्नुभएको थियो । त्यसैगरी दोहामा आयोजित एसिडी सम्मेलनमा र त्यसपछिका साइडलाइन भेटहरुका साथै इरानका विदेशमन्त्री लगायत सबैसँग मैले सो आग्रह गरेँ । 

इजरायल र हमासबीच युद्धविराम भएपछि पनि त्यसमा काम गरेका देशका विदेशमन्त्रीहरु एवं नेपालमा रहेका राजदूतहरुसँग निरन्तर कुराकानी गरेँ । युद्धविराम भएपछि गत माघ १ गते कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनमार्फत् विशेष आग्रह गरेकी थिएँ । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ । 

सोही दिन नै साँझ इजरायली विदेशमन्त्री गिडियन सारसँग र माघ ७ गते इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग फोनमार्फत् बिपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिएँ ।  

म आफ्नो शल्यक्रियाका लागि गत फागुनमा बैंककमा रहेका बेला समेत त्यहीँबाट इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिएँ । बिपिनको सुरक्षित र शीघ्र रिहाइलाई सुनिश्चित गर्ने प्रयोजनका लागि मध्यपूर्वी देशका नेपाली दूतावास मार्फत निरन्तर संवाद गरिरहेकी छु र उहाँहरुलाई यस विषयमा गम्भीर भई आफ्नो मिसनबाट हुनसक्ने पहलहरुको खोजी गरी काम गर्न निर्देशन पनि दिएकी छु । 

त्यसैगरी गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग समेत नयाँ दिल्लीमा भेट गरी बिपिनको रिहाइमा अमेरिकाको सहयोग मागेकी थिएँ । साथै त्यस बखत राइसिना डायलगमा सहभागी हुन आएका विभिन्न देशका नेता र मन्त्रीसँग पनि अनुरोध गरेकी थिएँ । 

मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग पनि गत फागुनमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत् ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल सरकारले यो मुद्धालाई प्राथमिकतामा राखेर हरसम्भवका प्रयासमा जुटिरहेको छ । सरकार उहाँहरुको परिवारको साथमा छ र उहाँहरु पनि हाम्रा कूटनीतिक प्रयासहरुका बारेमाा पनि जानकार नै हुनुहुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राहुघाट जलविद्युत् आयोजनाको पहिरोमा ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

राहुघाट जलविद्युत् आयोजनाको पहिरोमा ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु र पाँच जना घाइते भएका थिए । बागलुङको तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र...
गृहमन्त्री लेखकसँग सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग

गृहमन्त्री लेखकसँग सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग

गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै यसअघिको आयोगको प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था रहेकाले न्यायिक जाँच आयोग गठन गर्न माग गरिएको खतिवडाले बताउनुभयो । पीडितको न्याय र क्षतिपूर्तिका विषयमा आयोगको प्रतिवेदन...
नागढुंगा सुरुङमार्गको भिडियो टुरः १० मिनेटमै थानकोटबाट नौबिसे, जामको नो टेन्सन

नागढुंगा सुरुङमार्गको भिडियो टुरः १० मिनेटमै थानकोटबाट नौबिसे, जामको नो टेन्सन

हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको ६ वर्ष पछि अब भने निर्माण कार्य सकेर नेपाल सरकारलाई यही अक्टोबरको अन्तिममा हस्तान्तरण गर्ने तयारी गरिरहेको कम्पनीका कन्सल्टेन्ट इन्जिनियर रमेश कोइरालाले...
विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन समितिमा पेश, अध्ययन गर्न २ दिनको समय

विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन समितिमा पेश, अध्ययन गर्न २ दिनको समय

प्रतिवेदन समिति सदस्यहरुलाई वितरण गरिएपछि दुई दिनका लागि अध्ययनको समय दिइएको समिति सभापति थापाले जानकारी दिए । अध्ययन गरिसकेपछि बस्ने बैठकमा आउने सुझावहरुका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइने...

भर्खरै