नेभिगेशन
समाज

विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमार्फत आज उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताएकी हुन् । “ यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तरराष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्तामा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु । निरन्तर यो प्रयास भइरहेको छ”, मन्त्री डा राणाले उल्लेख गरेकी छिन् । 

Ncell
Extreme Energy

यस्ताे छ उनले सामाजिक सञ्जालमा दिएकाे अभिव्यक्ति:

हमास समूहको नियन्त्रणमा रहेका बिपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको छ । यो नेपाल सरकारको दायित्व पनि हो । हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा बिपिनकी आमा र बहिनी इजरायल भ्रमणमा हुनुहुन्छ र उहाँले हिजो इजरायली महामहिम राष्ट्रपतिसँग भेटगरी बिपिनको रिहाइको अपिल पनि गर्नुभएको छ ।

म परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्धालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एकबर्ष म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि लिएर अन्तर्राष्ट्रिय मञ्चहरु, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरु एवं मसँगको शिष्टाचार भेटका क्रममा विभिन्न देशका राजदूतहरुसँग बिपीनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु । गत असोजमा राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेताहरुसँग पनि यो अपिल गरेकी थिएँ ।  

त्यस अवसरमा जि७७ प्लस, जि२०, एलडिसी राष्ट्रहरुको मञ्चका बैठकहरुलाई सम्बोधन गर्दा पनि मैले बिपीनको रिहाइका लागि विश्व समुदायसँग अपिल गरेँ । उहाँहरुले पहल गर्छौँ पनि भन्नुभएको थियो । त्यसैगरी दोहामा आयोजित एसिडी सम्मेलनमा र त्यसपछिका साइडलाइन भेटहरुका साथै इरानका विदेशमन्त्री लगायत सबैसँग मैले सो आग्रह गरेँ । 

इजरायल र हमासबीच युद्धविराम भएपछि पनि त्यसमा काम गरेका देशका विदेशमन्त्रीहरु एवं नेपालमा रहेका राजदूतहरुसँग निरन्तर कुराकानी गरेँ । युद्धविराम भएपछि गत माघ १ गते कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनमार्फत् विशेष आग्रह गरेकी थिएँ । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ । 

सोही दिन नै साँझ इजरायली विदेशमन्त्री गिडियन सारसँग र माघ ७ गते इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग फोनमार्फत् बिपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिएँ ।  

म आफ्नो शल्यक्रियाका लागि गत फागुनमा बैंककमा रहेका बेला समेत त्यहीँबाट इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिएँ । बिपिनको सुरक्षित र शीघ्र रिहाइलाई सुनिश्चित गर्ने प्रयोजनका लागि मध्यपूर्वी देशका नेपाली दूतावास मार्फत निरन्तर संवाद गरिरहेकी छु र उहाँहरुलाई यस विषयमा गम्भीर भई आफ्नो मिसनबाट हुनसक्ने पहलहरुको खोजी गरी काम गर्न निर्देशन पनि दिएकी छु । 

त्यसैगरी गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग समेत नयाँ दिल्लीमा भेट गरी बिपिनको रिहाइमा अमेरिकाको सहयोग मागेकी थिएँ । साथै त्यस बखत राइसिना डायलगमा सहभागी हुन आएका विभिन्न देशका नेता र मन्त्रीसँग पनि अनुरोध गरेकी थिएँ । 

मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग पनि गत फागुनमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत् ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल सरकारले यो मुद्धालाई प्राथमिकतामा राखेर हरसम्भवका प्रयासमा जुटिरहेको छ । सरकार उहाँहरुको परिवारको साथमा छ र उहाँहरु पनि हाम्रा कूटनीतिक प्रयासहरुका बारेमाा पनि जानकार नै हुनुहुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।