नेभिगेशन
समाज

आरआर क्याम्पसमा अन्तरक्याम्पस राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने, पुरस्कार ३ लाख

काठमाडौँ । आउँदो भदौको अन्तिम सातादेखि काठमाडौँस्थित आरआर क्याम्पसमा अन्तरक्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।

आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा हुने उक्त प्रतियोगिता भदौ २२ देखि भदौ २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरका १५ भन्दा बढी क्याम्पसले सहभागिता जनाउने अपेक्षा गरिएको आयोजक रत्न राज्‍यलक्ष्मी क्याम्पसका स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए । 

प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले भदौ २० गतेभित्र दर्ता सकाउनुपर्नेछ । सहभागी टोलीको संख्याअनुसार खेल प्रणाली तोकिनेछ । १२ भन्दा बढी टोली भएमा खेल नकआउट प्रणालीमा हुनेछ र प्रत्येक खेल ५ सेटको आधारमा खेलाइनेछ । तर, १२ भन्दा कम टोली भएमा प्रतियोगिता लिग प्रणालीमा हुनेछ र त्यतिबेला खेल ३ सेटको आधारमा खेलाइनेछ ।

पुरस्कार राशी पनि आकर्षक तोकिएको छ । विजेता टोलीले रु ३ लाख, उपविजेताले रु २ लाख, तेस्रो हुने टोलीले रु १ लाख प्राप्त गर्नेछन् । साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न व्यक्तिगत विधामा विशेष सम्मान पनि प्रदान गरिने स्ववियु अध्यक्ष लोकेश खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...