नेभिगेशन
समाज

आरआर क्याम्पसमा अन्तरक्याम्पस राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने, पुरस्कार ३ लाख

काठमाडौँ । आउँदो भदौको अन्तिम सातादेखि काठमाडौँस्थित आरआर क्याम्पसमा अन्तरक्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा हुने उक्त प्रतियोगिता भदौ २२ देखि भदौ २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरका १५ भन्दा बढी क्याम्पसले सहभागिता जनाउने अपेक्षा गरिएको आयोजक रत्न राज्‍यलक्ष्मी क्याम्पसका स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए । 

Ncell
Extreme Energy

प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले भदौ २० गतेभित्र दर्ता सकाउनुपर्नेछ । सहभागी टोलीको संख्याअनुसार खेल प्रणाली तोकिनेछ । १२ भन्दा बढी टोली भएमा खेल नकआउट प्रणालीमा हुनेछ र प्रत्येक खेल ५ सेटको आधारमा खेलाइनेछ । तर, १२ भन्दा कम टोली भएमा प्रतियोगिता लिग प्रणालीमा हुनेछ र त्यतिबेला खेल ३ सेटको आधारमा खेलाइनेछ ।

पुरस्कार राशी पनि आकर्षक तोकिएको छ । विजेता टोलीले रु ३ लाख, उपविजेताले रु २ लाख, तेस्रो हुने टोलीले रु १ लाख प्राप्त गर्नेछन् । साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न व्यक्तिगत विधामा विशेष सम्मान पनि प्रदान गरिने स्ववियु अध्यक्ष लोकेश खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।