नेभिगेशन
समाज

विवेकशील साझा पार्टीको कार्यवाहक महासचिवमा समुन्द्र के.सी.

काठमाडौँ । विवेकशील साझा पार्टीले कार्यवाहक महासचिवमा समुन्द्र केसीलाई तोकेको छ ।  पार्टीको महासचिव रन्जु दर्शनाले अमेरिकाको भ्रमणमा रहने भएकाले पार्टीका सचिव समुन्द्र के।सीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको हो । 

पार्टी विधान २०७९ को प्रावधानअनुसार दर्शना भदौ २ गतेदेखि असोज १५ गतेसम्म अनुपस्थित रहने हुँदा यो अवधिमा महासचिवको सम्पूर्ण जिम्मेवारी के।सीले निर्वाह गर्ने विवेकशील साझा पार्टीले जनाएको छ । 

दर्शनाले पार्टीको नाममा सोमबार जारी गरेको पत्रमा भनिएको छ, “म महासचिव रन्जु दर्शना २०८२ साल भदौ २ गतेदेखि असोज १५ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहने भएकाले सो अवधिसम्मका लागि कार्यवाहक महासचिवको जिम्मेवारी सचिव समुन्द्र के।सीलाई हस्तान्तरण गर्दछु।”

विवेकशील साझा पार्टी हाल नेपालको नयाँ पुस्तामुखी राजनीतिक दलका रूपमा चिनिन्छ । युवा नेतृत्वलाई प्राथमिकतामा राख्ने यस पार्टीले आन्तरिक रूपमा पनि नेतृत्व हस्तान्तरण र जिम्मेवारी बाँडफाँटलाई पारदर्शी बनाउन पहल गर्दै आएको छ । महासचिव दर्शना विगत लामो समय देखि पार्टीभित्र सक्रिय रहँदै आन्तरिक संगठन विस्तारदेखि नीति निर्माणसम्ममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् ।

यता, कार्यवाहक महासचिवमा तोकिएका समुन्द्र केसी पार्टीभित्र सचिव पदमा रहेर सांगठनिक कार्यमा सक्रिय रहँदै आएका नेता हुन् । यसका साथै के।सी पार्टीको विदेश विभाग प्रमुखका रुपमा समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । अब उनले करिब एक महिनासम्म महासचिवका सम्पूर्ण अधिकार र जिम्मेवारी सम्हाल्नेछन् । यस अघि पनि के।सीले कार्यवहाक महासचिवको रुपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सिंहदरबारमा आइतबार सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उनले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारी हुनुपर्ने बताएका हुन ।

भर्खरै