नेभिगेशन
समाज

विवेकशील साझा पार्टीको कार्यवाहक महासचिवमा समुन्द्र के.सी.

काठमाडौँ । विवेकशील साझा पार्टीले कार्यवाहक महासचिवमा समुन्द्र केसीलाई तोकेको छ ।  पार्टीको महासचिव रन्जु दर्शनाले अमेरिकाको भ्रमणमा रहने भएकाले पार्टीका सचिव समुन्द्र के।सीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी विधान २०७९ को प्रावधानअनुसार दर्शना भदौ २ गतेदेखि असोज १५ गतेसम्म अनुपस्थित रहने हुँदा यो अवधिमा महासचिवको सम्पूर्ण जिम्मेवारी के।सीले निर्वाह गर्ने विवेकशील साझा पार्टीले जनाएको छ । 

Ncell
Extreme Energy

दर्शनाले पार्टीको नाममा सोमबार जारी गरेको पत्रमा भनिएको छ, “म महासचिव रन्जु दर्शना २०८२ साल भदौ २ गतेदेखि असोज १५ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहने भएकाले सो अवधिसम्मका लागि कार्यवाहक महासचिवको जिम्मेवारी सचिव समुन्द्र के।सीलाई हस्तान्तरण गर्दछु।”

विवेकशील साझा पार्टी हाल नेपालको नयाँ पुस्तामुखी राजनीतिक दलका रूपमा चिनिन्छ । युवा नेतृत्वलाई प्राथमिकतामा राख्ने यस पार्टीले आन्तरिक रूपमा पनि नेतृत्व हस्तान्तरण र जिम्मेवारी बाँडफाँटलाई पारदर्शी बनाउन पहल गर्दै आएको छ । महासचिव दर्शना विगत लामो समय देखि पार्टीभित्र सक्रिय रहँदै आन्तरिक संगठन विस्तारदेखि नीति निर्माणसम्ममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् ।

यता, कार्यवाहक महासचिवमा तोकिएका समुन्द्र केसी पार्टीभित्र सचिव पदमा रहेर सांगठनिक कार्यमा सक्रिय रहँदै आएका नेता हुन् । यसका साथै के।सी पार्टीको विदेश विभाग प्रमुखका रुपमा समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । अब उनले करिब एक महिनासम्म महासचिवका सम्पूर्ण अधिकार र जिम्मेवारी सम्हाल्नेछन् । यस अघि पनि के।सीले कार्यवहाक महासचिवको रुपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
मधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा

मधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा

प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन र विकासलाई मुख्य नारा बनाएको र सामाजिक सञ्जाल तथा एल्गोरिदमको प्रभावकारी प्रयोग गरेको उल्लेख गर्दै जसपा नेपालको राष्ट्रिय राजनीतिमा पहुँच र भूमिका निकै...
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...