नेभिगेशन
मुख्य समाचार

उपसभामुख इन्दिरा रानालाई हटाउन हस्ताक्षर गर्दै कांग्रेस, एमालेका सांसद

काठमाडौँ । सत्तरुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानालाई हटाउने तयारी तिब्र पारेको छ ।

नेकपा एमालेले आफ्ना सांसदहरुलाई आकश्मिक बैठकका लागि सिंहदरवार बोलाउनुको कारण उपसभामुख इन्दिरा रानालाई हटाउनको लागि हस्ताक्षर गर्न भएको बुझिएको छ । एमालेको संसदीय दलको कार्यालयमा अहिले पनि हस्ताक्षर जारी । 

त्यस्तै नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरुलाई १२ बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन भनेको छ । त्यसअघि कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।
 
हिजो साँझ बालुवाटारमा बसेको एमाले कांग्रेसका नेताहरुको बैठकले उक्त निर्णय गरेको बुझिएको छ । 

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने प्रावधान छ । संवैधानिक परिषद्मा कांग्रेसको प्रतिनिध राख्नको लागि उपसभामुख रानालाई हटाउन लागिएको हो । यस अघि उनलाई महाअभियोग लागाउने तयारी गरिएको थियो । तर चर्को आलोचना भएपछि दुई दल पछि हटेको थियो । अहिले फेरि उक्त कसरत सुरु भएको छ । 

उपसभामुखमाथि उनले आफ्नो पदीय मर्यादा भुलेर ५ जना व्यक्तिहरुलाई  भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन पत्र लेखेको आरोप छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै