नेभिगेशन
समाज

उपसभामुख इन्दिरा रानालाई हटाउन हस्ताक्षर गर्दै कांग्रेस, एमालेका सांसद

काठमाडौँ । सत्तरुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानालाई हटाउने तयारी तिब्र पारेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एमालेले आफ्ना सांसदहरुलाई आकश्मिक बैठकका लागि सिंहदरवार बोलाउनुको कारण उपसभामुख इन्दिरा रानालाई हटाउनको लागि हस्ताक्षर गर्न भएको बुझिएको छ । एमालेको संसदीय दलको कार्यालयमा अहिले पनि हस्ताक्षर जारी । 

Ncell
Extreme Energy

त्यस्तै नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरुलाई १२ बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन भनेको छ । त्यसअघि कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।
 
हिजो साँझ बालुवाटारमा बसेको एमाले कांग्रेसका नेताहरुको बैठकले उक्त निर्णय गरेको बुझिएको छ । 

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने प्रावधान छ । संवैधानिक परिषद्मा कांग्रेसको प्रतिनिध राख्नको लागि उपसभामुख रानालाई हटाउन लागिएको हो । यस अघि उनलाई महाअभियोग लागाउने तयारी गरिएको थियो । तर चर्को आलोचना भएपछि दुई दल पछि हटेको थियो । अहिले फेरि उक्त कसरत सुरु भएको छ । 

उपसभामुखमाथि उनले आफ्नो पदीय मर्यादा भुलेर ५ जना व्यक्तिहरुलाई  भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन पत्र लेखेको आरोप छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।