नेभिगेशन
समाज

जलवायु परिवर्तनका हकमा नेपाललाई नखाएको विष लागिरहेको छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय साझेदारहरूसँग मिलेर सरकारले काम गरिरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्व मानवतावादी दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित नेपाल मानवतावादी सम्मेलन उद्घाटन गर्दै गृहमन्त्री लेखकले विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता, अनुभवहरुको आदानप्रदान र कार्यान्वयनयोग्य समाधानहरू खोज्नुपर्ने बेला भइसकेको बताएका हुन । उनले जटिल भौगोलिक विविधताका कारण पनि नेपालमा प्राकृतिक प्रकोप र मानवीय संकटहरू दोहोरिरहेको बताए ।   

Ncell
Extreme Energy

भूकम्प, बाढी, पहिरो, खडेरी, डढेलोजस्ता प्राकृतिक प्रकोपका अतिरिक्त जलवायु परिवर्तन, वातावरणीय क्षय, द्वन्द्व तथा बढ्दो असमानताका कारण मानवीय कार्यले चुनौतीको सामना गर्दै आएको उनले बताए । पछिल्ला दिनमा यस्ता प्राकृतिक प्रकोपको आवृत्ति र प्रवृत्ति झन् झन् विषम बन्दै पनि गएको र जलवायु परिवर्तनका हकमा नेपाललाई नखाएको विष लागिरहेको उनले बताए । गृहमन्त्री लेखकले विपद् तथा मानवीय संकटहरुमा स्थानीय सरकार, समुदाय, स्वयंसेवी संस्था र व्यक्तिहरु पहिलो उद्धारकर्ता हुने गरेको धारणा व्यक्त गरेका हुन । 

उनले नेपालको संविधानले स्थानीय तहलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको बताए । उनले सरकारले आपतकालीन तयारी, जोखिम न्यूनीकरण र पुनर्निर्माणमा स्थानीय नेतृत्वलाई प्राथमिकतामा राखेको बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...