नेभिगेशन
मुख्य समाचार

उपसभामुखलाई हटाउन खोज्नु गलत, हामी त्यसको विरोधमा छौँः प्रचण्ड

काठमाडौँ । उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्तापक्षले वदनियत राखेको माओवादीले निष्कर्ष निकालेको छ । पार्टी कार्यालय पेरिसडाँडामा कसेको माओवादी पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । 
बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख हटाउनु गलत हुने बताए । 

‘उहाँहरुको उपसभामुख हटाउने एटेम्प्ट (प्रयास) पहिलेदेखिकै हो । तर गलत गर्दै हुनुहुन्छ उहाँहरुले । गल्ती त उहाँहरुले गरिनै राख्नुभएको छ । यो सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम भएकै छैन । एउटा महिला, आदिवासी जनजाती, समाजिक काम गर्ने, बालबच्चाको हेरचाह गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त गरेको महिलालाई अहिले हटाउने जुन कोशिस गर्नुभएको छ जुन गलत छ । हामी यसको विरोधमा छौँ ।’ उनले भने । 

सत्तापक्षका सांसदहरुले उपसभामुख रानालाई हटाउन हस्ताक्षर संकलन गरेका छन् । 

उपसभामुखमाथि उनले आफ्नो पदीय मर्यादा भुलेर ५ जना व्यक्तिहरुलाई  भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन पत्र लेखेको आरोप छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै