नेभिगेशन
समाज

उपसभामुखलाई हटाउन खोज्नु गलत, हामी त्यसको विरोधमा छौँः प्रचण्ड

काठमाडौँ । उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्तापक्षले वदनियत राखेको माओवादीले निष्कर्ष निकालेको छ । पार्टी कार्यालय पेरिसडाँडामा कसेको माओवादी पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । 
बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख हटाउनु गलत हुने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उहाँहरुको उपसभामुख हटाउने एटेम्प्ट (प्रयास) पहिलेदेखिकै हो । तर गलत गर्दै हुनुहुन्छ उहाँहरुले । गल्ती त उहाँहरुले गरिनै राख्नुभएको छ । यो सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम भएकै छैन । एउटा महिला, आदिवासी जनजाती, समाजिक काम गर्ने, बालबच्चाको हेरचाह गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त गरेको महिलालाई अहिले हटाउने जुन कोशिस गर्नुभएको छ जुन गलत छ । हामी यसको विरोधमा छौँ ।’ उनले भने । 

Ncell
Extreme Energy

सत्तापक्षका सांसदहरुले उपसभामुख रानालाई हटाउन हस्ताक्षर संकलन गरेका छन् । 

उपसभामुखमाथि उनले आफ्नो पदीय मर्यादा भुलेर ५ जना व्यक्तिहरुलाई  भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन पत्र लेखेको आरोप छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...