नेभिगेशन
मुख्य समाचार

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ ।  

सभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिएको हो ।      

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दहालले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ सभासमक्ष पेस गरेकी थिइन् । 

उक्त प्रतिवेदन पेस गर्दै उनले विधेयकका कुल आठवटा दफामा प्रतिवेदनले ६ वटा दफामा संशोधन गरी विधेयकलाई थप परिमार्जन गरेको सभालाई जानकारी दिइन् । यस विधेयक उपर ३६ सांसदले ३५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

सभापति दाहालले यस विधेयकले मूलतः संविधानमा व्यवस्था भएबमोजिम बाबुको पहिचान नभएकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने उद्देश्य लिएको उल्लेख गर्नुभयो । विधेयकले आमा र बाबुमध्ये कुनै एकको नाम, थर, ठेगाना नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख गर्न नचाहने व्यक्तिलाई त्यस्तो विवरण उल्लेख नगरी नेपाली नागरिकता प्रदान गर्ने उद्देश्य लिएको छ । 

यसैगरी  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस  गरेका थिए । उनले यस प्रतिवेदनले विकास र संरक्षणका क्षेत्रमा देखिएका फरक धारणालाई साँघुरो पारी संरक्षणसहितको विकासलाई अघि बढाउन सहयोग पर्याउने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै