नेभिगेशन
समाज

विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग

काठमाडौँ । युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले स्वदेशमै बस्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यहरूले जोड दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा सदस्य सदस्य भुवनबहादुर सुनारले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थी विदेश गएका कारण क्याम्पसमा झार उम्रन थालेकाले नेपालमै बसेर पढ्ने वातावरण बनाउन माग गरेका हुन । देशमै केही हुन्छ भन्ने भावनाको विकास गरी विदेश जाने विद्यार्थीलाई रोक्नुपर्ने उनीहरुले बताएका थिए । 

Ncell
Extreme Energy

सदस्य नारायणदत्त भट्टले गौरीफन्टा नाका यथाशीघ्र सञ्चालन र झुलाघाटको पुल निर्माणका लागि प्रधानमन्त्रीको भारत भ्रमणका बेला प्रक्रिया अघि बढाउन माग गरेका छन् । ठूलो दल भएर पनि नेपाली कांग्रेसले त्याग गरेको उल्लेख गर्दै यसबाट पाठ सिक्न सबै दललार्ई आह्वान गरेका हुन ।

त्यस्तै, सदस्य गङ्गाकुमारी बेल्वासेले चाडपर्वको मौसम सुरू भएकाले पूर्व पश्चिम, उत्तर दक्षिणका सडक मार्ग मर्मत गर्न माग गरेकी छन्। सडकमा बनेका खाल्डाखुल्डी पुरेर चाडबाडको आवागमन सहज बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराएकी हुन । तातोपानी, रसुवागढी नाका बन्द भएको नाममा बजारमा विकृति देखिएकाले अनुगमन गरी बजारलाई सहज बनाउनुपर्ने पनि सांसद बेल्वासेको भनाइ थियो ।

त्यस्तै, सदस्य इन्दिरा गौतमले जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइन ।  सकारात्मक कुरालाई पनि केही भएको छैन भनी गलत प्रचार गर्न नहुने बताइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...