नेभिगेशन
समाज

सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभाको मंगलबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि सदस्यहरूले उठाउनुभएका सवालको जवाफ दिँदै उनले विधेयकमा दुई अर्थ लाग्ने शब्द र वाक्यको प्रयोग नगरिएको, त्यस्तो पाइएमा संशोधन गरिने प्रतिबद्धता जनाएका हुन । 

Ncell
Extreme Energy

मन्त्री गुरुङले संसारभर साइबर अपराध चुनौतीका रूपमा देखापरेकाले यसलाई समाधान गरिनुपर्ने बताए । अनलाइन सञ्चारमाध्यम धेरै भएकाले त्यसलाई नियमन गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको भन्दै उनले धार्मिक सद्भाव कायम राख्न पनि यस्ता विधेयकले नियमन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । मन्त्री गुरुङले नयाँ खालको विधेयक भएकाले कसरी यसलाई व्यवस्थित गर्ने भन्ने विषयमा निष्कर्षमा पुगेर अघि बढाउनुपर्ने बताए । 
  
राष्ट्रियसभा सदस्यहरूले सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गरिनुपर्नेमा जोड दिएका थिए । सदस्य अञ्जान शाक्यले विभिन्न देशमा सामाजिक सञ्जाललाई नियमनका लागि गरिएका व्यवस्थाबारे जानकारी गराउँदै नेपालमा पनि बढ्दै गएका विकृति रोक्न विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए । विधेयक नियन्त्रणमुखी नभइ नियमनमुखी हुनुपर्नेमा उनको जोड थियो ।

सदस्य घनश्याम रिजालले विधेयकका कतिपय प्रावधान नियमनमुखी नभइ नियन्त्रणमुखी भएकाले संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई नियन्त्रण गर्ने काम स्वीकार्य नहुने बताए । सदस्य सुरेशकुमार आलेमगरले नियमन आवश्यक भए पनि नियन्त्रण गर्न खोजिनु स्वीकार्य नहुने बताए ।

सदस्य किरणबाबु श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने किसिमका विषय पनि विधेयकमा भएकाले यसलाई सुधार गरिनुपर्ने बताए । सदस्य डा वेदुराम भुसालले विधेयकमा उद्देश्य अनुसारका विषय नराखी नियन्त्रणमुखी बनाइनु दुःखद भएको बताए । ऐनसँग बाझिने गरी प्रत्यायोजन व्यवस्था गरिएको उनले बताए । 

सदस्य तारामान स्वारले यस विधेयकले अरु कानुनको अवहेलना गरेकाले त्यस्ता प्रावधान परिमार्जन गरिनुपर्ने बताए । सदस्य गोपाल भट्टराईले विधेयक अभिव्यक्ति स्वतन्त्रतामा असर गर्ने केही विषय परिमार्जन गरिनुपर्ने बताएका थिए । सदस्य नारायणदत्त मिश्रले विधेयकमा सजायको व्यवस्था तीन तहमा राखिनुपर्ने बताए । सामाजिक सञ्जाल चलाउँदा आधिकारिक परिचयपत्र राखेर चलाउने व्यवस्था गर्दा नक्कली सामाजिक सञ्जाल कम हुने धारणा राखेका थिए ।

सदस्य गङ्गाकुमारी बेल्वासेले हतारमै नियन्त्रण गर्न खोज्नुभन्दा शिक्षा र जनचेतनाका माध्यमबाट नियमन गरिनुपर्ने भनाइ राखेकी थिइन । सदस्य मदनकुमारी शाह (गरिमा)ले मिलापत्रको व्यवस्था नगरिएकाले यसमा व्यापक बहस आवश्यक रहेको बताइन । सदस्य तुलसाकुमारी दाहालले विधेयक ल्याउन हुन्न भन्ने अवस्थाबाट सुधार भई सदनसम्म आएकाले परिमार्जन गरेर अघि बढ्नुपर्ने बताइन । सदस्य युवराज शर्माले संविधानप्रदत्त हक रोक्ने गरी कानुन बनाउन नहुने बताए । 

सदस्य कृष्णप्रसाद अधिकारीले प्रयोगकर्ताको अधिकार सुरक्षित गर्नेभन्दा राज्यलाई नियन्त्रणमुखी बनाउन खोजेको, द्विअर्थी भाषाको प्रयोग भएकाले यसलाई परिमार्जन गरिनुपर्नेमा जोड दिए । सदस्यहरू सुमित्रा विसी, विष्णुबहादुर विश्वकर्मालगायतले सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गरिनुपर्नेमा जोड दिएका थिए । सभाअध्यक्ष नारायण दाहालले विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यले विधेयक शाखामार्फत दर्ता गर्न सक्ने जानकारी गराएका थिए । त्यस्तै, राष्ट्रियसभाको अर्को बैठक भदौ ६ गत शुक्रबार १२ः१५ बजे बस्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...