नेभिगेशन
समाज

सर्वोच्च अदालतको निर्णय विरुद्ध जसपा नेपाल निकट विद्यार्थी सङ्गठन आन्दोलीत

काठमाडौँ । गौर हत्याकाण्डका विषयमा अदालतले गरेको आदेश विरुद्ध जसपा नेपाल निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा जसपा नेपाल निकट विद्यार्थी सङ्गठन काठमाडौँको माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका हुन । जनता विरोधी भूमि अध्यादेशमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएको उनीहरूको भनाइ छ ।

Ncell
Extreme Energy

अध्यक्ष यादव पिछडिएका वर्गका अधिकारका लागि लड्दा उनलाई सकाउने खेल भएको जसपा नेपालकी महासचिव रेखा यादवले बताए । महासचिव यादवले पहिचानवादीहरुलाइ अगाडी बढ्न नदिनको निमित्त सरकारले ल्याएको योजना रहेको आरोप लगाए । गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएको हो ।

०६३ चैत ७ गते रौटहटको गौरमा मधेसी जनअधिकार फोरम र माओवादीबिच एकै ठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...