नेभिगेशन
समाज

संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न निर्देशन दिएका छन् । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई निर्देशन दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको भन्दै उनले कुनै पनि अवस्थामा समयमै काम हुनुपर्ने बताए । उपप्रधानमन्त्री सिंहले भने, “समन्वयात्मक रूपमा अघि बढुनुहोस् । कार्यतालिका बमोजिम काम गर्नुहोस् । संसद् भवनकै कारण मन्त्रालयमाथि प्रश्न उठेको छ ।

Ncell
Extreme Energy

केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्छ, तर काममा आलटल स्वीकार्य हुँदैन ।” उनले निर्माण कम्पनीलाई नियमित प्रगति विवरण पेस गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न निर्देशन पनि दिए । छलफलमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता रहेको थियो ।

बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अवस्थाबारेमा जानकारी गराउनुभयो  । अब भवन वरिपरी बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटरीको काम, आन्तरिक सजावटलगायत काम बाँकी रहेको उनले बताए । निर्माण व्यवसायीले अधिकांश काम सम्पन्न भइसकेको भन्दै तालिकाअनुसार बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाएका थिए । अगामी पुस मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने कार्यतालिका छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...