नेभिगेशन
मुख्य समाचार

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेटवार्ता

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् । काठमाडौँमा मङ्लबार सम्पन्न भएको हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखले आज शिष्टाचार भेटवार्ता गरेका हुन् । 

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे जानकारी दिएका थिए । भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । 

सभामुखले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावना रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे । प्रतिनिधिमण्डलकी नेतृ हसनले नेपालले हिन्दूकुश हिमालय ‘पार्लियामेन्टेरियन्स मिट–२०२५’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् । नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै