नेभिगेशन
समाज

राप्रपा सांसद रोशन कार्कीले खाली कागजमा हस्ताक्षर गर्ने कांग्रेस एमालेका सांसदलाई ‘धिक्कार होस् !’ भनेपछि...

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद रोशन कार्की र एमाले सांसद सूर्य थापाबिच भनाभन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राप्रपा सांसद कार्कीले उपसभमुखलाई हटाउनको लागि कांग्रेस र एमालेका सांसदहरुले खाली पानामा हस्ताक्षर गरेको विषयमा टिप्पणी गरकी थिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा उनले भनिन्, ‘उहााहरुलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्याएर आफ्ना आसेपासेहरुलाई नियुक्ति दिनको लागि उपसभामुखमाथि महाअभियोग लगाउने कुराहरु यहाँ चल्यो । नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएछन् । सही गरउाने कस्तो पार्टी, सही गर्ने कस्ता माननीयहरु ? धिक्कार होस् !’ 

Ncell
Extreme Energy

त्यसपछि एमाले सांसद थापाले उठेर आपत्ति जनाए । 

सभामुख: माननीय सदस्य सूर्य थापा किन उठ्नुभएको छ ? आपत्ति के मा हो ? 

रोशन कार्कीः उहाँको बानी नै त्यस्तै हो । जहिले पनि जुरुक्क जुरुक्क उठ्नुहुन्छ । जे कुरामा पनि उठ्नुहुन्छ । 

सभाुमखः नियमापत्ति हो ? के अन्तर्गत के हो ? कुन नियमापत्ति हो आफ्नो कुरा राख्नुस् । 

रोशन कार्कीः म बोलौँ ? सभामुख महोदय ? 

सभामुखः मैले सुर्य थापालाई समय दिएको छु माननीय ज्यू एकछिन् बस्नुस् । 

त्यसपछि एमाले सांसद सूर्य थापाले राप्रपा सांसद कार्कीबाट लान्छनापूर्ण, आरोपपूर्ण, गालीगलौजपूर्ण  र अपमानपूर्ण अभिव्यक्ति आएको बताए । उनले सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । ‘हामी मण्डलेतन्त्रविरुद्ध लडेर यो संसदमा आएका सार्वभौम जनताको प्रतिनिधि हौँ । कस्ता कागजमा सही गर्छौँ त्यो हामी जानेर बुझेर सही गर्छौँ ।’ 

एमाले सांसल थापाले आफ्ना कुरा राखेपछि सभामुखले उनको कुरामा ध्यानाकर्षण भएको बताउँदै पुन राप्रपा सांसद रोशन कार्कीलाई बोल्न समय दिएका थिए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।