नेभिगेशन
मुख्य समाचार

राप्रपा सांसद रोशन कार्कीले खाली कागजमा हस्ताक्षर गर्ने कांग्रेस एमालेका सांसदलाई ‘धिक्कार होस् !’ भनेपछि...

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद रोशन कार्की र एमाले सांसद सूर्य थापाबिच भनाभन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राप्रपा सांसद कार्कीले उपसभमुखलाई हटाउनको लागि कांग्रेस र एमालेका सांसदहरुले खाली पानामा हस्ताक्षर गरेको विषयमा टिप्पणी गरकी थिइन् । 

सो क्रममा उनले भनिन्, ‘उहााहरुलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्याएर आफ्ना आसेपासेहरुलाई नियुक्ति दिनको लागि उपसभामुखमाथि महाअभियोग लगाउने कुराहरु यहाँ चल्यो । नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएछन् । सही गरउाने कस्तो पार्टी, सही गर्ने कस्ता माननीयहरु ? धिक्कार होस् !’ 

त्यसपछि एमाले सांसद थापाले उठेर आपत्ति जनाए । 

सभामुख: माननीय सदस्य सूर्य थापा किन उठ्नुभएको छ ? आपत्ति के मा हो ? 

रोशन कार्कीः उहाँको बानी नै त्यस्तै हो । जहिले पनि जुरुक्क जुरुक्क उठ्नुहुन्छ । जे कुरामा पनि उठ्नुहुन्छ । 

सभाुमखः नियमापत्ति हो ? के अन्तर्गत के हो ? कुन नियमापत्ति हो आफ्नो कुरा राख्नुस् । 

रोशन कार्कीः म बोलौँ ? सभामुख महोदय ? 

सभामुखः मैले सुर्य थापालाई समय दिएको छु माननीय ज्यू एकछिन् बस्नुस् । 

त्यसपछि एमाले सांसद सूर्य थापाले राप्रपा सांसद कार्कीबाट लान्छनापूर्ण, आरोपपूर्ण, गालीगलौजपूर्ण  र अपमानपूर्ण अभिव्यक्ति आएको बताए । उनले सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । ‘हामी मण्डलेतन्त्रविरुद्ध लडेर यो संसदमा आएका सार्वभौम जनताको प्रतिनिधि हौँ । कस्ता कागजमा सही गर्छौँ त्यो हामी जानेर बुझेर सही गर्छौँ ।’ 

एमाले सांसल थापाले आफ्ना कुरा राखेपछि सभामुखले उनको कुरामा ध्यानाकर्षण भएको बताउँदै पुन राप्रपा सांसद रोशन कार्कीलाई बोल्न समय दिएका थिए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै