नेभिगेशन
मुख्य समाचार

चरम असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्ने छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आजको दिनमा सबैभन्दा महत्वपूर्ण मुद्दा असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नु भएको बताएका छन् । बुधबार काठमाडौँमा प्रजातन्त्र सेनानी कर्मयोगी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन गर्दै महामन्त्री थापाले समय अनुसारको मुद्दा फरक फरक हुने बताए ।

‘फरक फरक समयमा फरक फरक मुद्दाहरु नेपालको राष्ट्रिय मुद्दा हुन्छन् । आजको दिनका हाम्रो मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्ने छ । कति पय कुराहरु ठिक छैन, कतिपय कुराहरु प्रयोजित छ । त्यो सबै कुरालाई बुझ्नुपर्ने छ ।’ 

उनले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नहुने बताएका छन् । चूनाव जितेर सत्तामा जाने आकांक्षालाई स्वभाविक रुपमा लिनुपर्ने तर आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर सत्ता प्राप्त भए त्यसको कुनै अर्थ नहुने बताएका हुन् । 

कांग्रेसको आफ्नै आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता रहेकाले त्यससँग सम्झौता गरेर सत्तामा टिकिरहने कुरा उचित नहुने उनकोे भनाइ छ ।

थापाले अहिले कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको धारणा राखे । उनले पार्टीभित्र वा बाहिर संख्याका आधारमा गरिने कुनै पनि निर्णय वैधानिक हुने भएपनि त्यसलाई आमपार्टी पंक्तिले स्वीकार गर्छ वा गर्दैन भन्ने ख्याल राख्नुपर्नेमा जोड दिए । 

थापाले कांग्रेस देशको महत्वपूर्ण शक्ति रहेकाले देशमा देखिएका समस्या समाधानका लागि अग्रसर हुनुपर्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै