नेभिगेशन
समाज

चरम असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्ने छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आजको दिनमा सबैभन्दा महत्वपूर्ण मुद्दा असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नु भएको बताएका छन् । बुधबार काठमाडौँमा प्रजातन्त्र सेनानी कर्मयोगी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन गर्दै महामन्त्री थापाले समय अनुसारको मुद्दा फरक फरक हुने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘फरक फरक समयमा फरक फरक मुद्दाहरु नेपालको राष्ट्रिय मुद्दा हुन्छन् । आजको दिनका हाम्रो मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्ने छ । कति पय कुराहरु ठिक छैन, कतिपय कुराहरु प्रयोजित छ । त्यो सबै कुरालाई बुझ्नुपर्ने छ ।’ 

Ncell
Extreme Energy

उनले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नहुने बताएका छन् । चूनाव जितेर सत्तामा जाने आकांक्षालाई स्वभाविक रुपमा लिनुपर्ने तर आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर सत्ता प्राप्त भए त्यसको कुनै अर्थ नहुने बताएका हुन् । 

कांग्रेसको आफ्नै आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता रहेकाले त्यससँग सम्झौता गरेर सत्तामा टिकिरहने कुरा उचित नहुने उनकोे भनाइ छ ।

थापाले अहिले कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको धारणा राखे । उनले पार्टीभित्र वा बाहिर संख्याका आधारमा गरिने कुनै पनि निर्णय वैधानिक हुने भएपनि त्यसलाई आमपार्टी पंक्तिले स्वीकार गर्छ वा गर्दैन भन्ने ख्याल राख्नुपर्नेमा जोड दिए । 

थापाले कांग्रेस देशको महत्वपूर्ण शक्ति रहेकाले देशमा देखिएका समस्या समाधानका लागि अग्रसर हुनुपर्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।