नेभिगेशन
समाज

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

इलाम । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको सो शीत भण्डार प्रयोगविहीन बनेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन्दकपुर गाउँपालिका–३ का किबी किसान देउकुमार राईले सो शीत भण्डार सञ्चालन नभएकाले उत्पादित किबी भण्डारण गरेर राख्न नसकेको गुनासो गरेका छन् । “सिजनमै बिक्री गरिसक्नुपर्छ, अफ सिजनमा बिक्री गर्न सके मूल्य बढी पाइने थियो,” उनले भने, “हामीले सिजनमा यताबाट सस्तोमा बेचेको किबी अफ सिजनमा भारतबाट महँगो भएर आउँछ ।” शीत भण्डार सञ्चालन गर्न सकिएमा यहाँ उत्पादिन फलफुल र तरकारीले राम्रो मूल्य पाउने उनको भनाइ छ ।

Ncell
Extreme Energy

शीत भण्डार सञ्चालन नहुँदा यस क्षेत्रमा उत्पादित तरकारी तथा फलफुल महँगोमा झापा, मोरङलगायतका जिल्लामा लगेर भण्डारण गर्नुपर्ने बाध्यता छ । आफ्नो उत्पादन सस्तोमा बेच्नुपर्दा कृषिप्रति निरुत्साहित हुने गरेको इलाम नगरपालिका–८ का किसान उमेशचन्द्र महतको गुनासो छ । इलाम नगरपालिकाले पटकपटक प्रयास गरेपनि शीत भण्डारसञ्चालनमा ल्याउन नसकिएको जनाएको छ । २० लाख किलोग्राम क्षमताको शीत भण्डार निर्माण गर्दा डिजाइनमा त्रुटी भएका कारण सञ्चालन गर्न नसकिएको नगरपालिकाको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले अहिलेको प्रविधि अनुसारको संरचना नभएकाले सञ्चालन गर्न नसकिएको बताए । “हाम्रो शीत भण्डारको संरचना अहिलेको प्रविधि अनुसारको रहेनछ, एउटै च्याम्बरमा सबै खालका वस्तु राख्नेगरी बनाइएको रहेछ,” प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, “पछिल्लो पटक नीजि क्षेत्रका केही टोलीहरु हेर्न आएका थिए, तर शीत भण्डारको संरचना हेरेपछि उनीहरु त्यतिकै फर्किए ।” 

शीत भण्डार सञ्चालनमा ल्याउन यसलाई फरक तापक्रममा विभिन्न वस्तु राख्न मिल्ने ‘मल्टी च्याम्बर’ बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । रु पाँच करोड ४९ लाख ६७ हजार ६४६ मा २०६८ सालमा निर्माण गरिएको थियो । भारत सरकारको रु चार करोड ३९ लाख तीन हजार ८०८, नेपाल सरकारको रु ६७ लाख ५८ हजार ५४६ र इलाम नगरपालिकाको रु ४३ लाख पाँच हजार २९२ को लागतमा सो शीत भण्डार निर्माण गरिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...