नेभिगेशन
मुख्य समाचार

पाँचवर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल

पर्वत । एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनैपनि आधारभूत अस्पताल हालसम्म सञ्चालनमा आउन सकेका छ्रैनन् । 

ग्रामीण नागरिकलाई सर्वसुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएका ती अस्पताल सञ्चालनमा ल्याउन नसकिएको हो । जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा र जलजला गाउँपालिकामा भवन निर्माण सम्पन्न भए पनि सञ्चालन हुन सकेको छैन । अन्य स्थानीय तहमा अस्पताल निर्माण सम्पन्न भएको छैन । 

मोदी गाउँपालिका–५ स्थित बाजुङ पोखरेमा १५ शय्याको आधारभूत अस्पताल शिलान्यास गरिएको पाँच वर्ष बित्दासमेत जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन सकेको छैन । वडा नं ५ का वडाध्यक्ष मानबहादुर अधिकारीले जनताको माग अनुसार गाउँपालिका आफैँले गतवर्ष भवन भाडामा लिई आधारभूत अस्पताल सञ्चालन गर्ने योजना बनाएको बताए ।

कुश्मा नगरपालिका–१२ ठूली पोखरीमा करिब रु पाँच करोडमा १० शय्याको आधारभूत अस्पताल भवन गतवर्ष निर्माण भए पनि स्रोतसाधनको अभावमा सञ्चालन गर्न नसकिएको सो वडाका वडाअध्यक्ष झलक रिमालको गुनासो छ । जलजला गाउँपालिकाका सूचना अधिकारी भेषराज आचार्यका अनुसार वडा नं ३ मल्लाजमा करिब रु १० करोडमा निर्माणाधीन आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि सञ्चालन गर्न सकिएको छैन । 

त्यसैगरी फलेवास नगरपालिका– ६ देविस्थानमा अस्पताल निर्माणका लागि पाँच रोपनी बढी जग्गा व्यवस्था गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु एक करोड ७० लाख प्राप्त भई भवन निर्माण थाले पनि सम्पन्न भएको छैन । 

महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा १५ शय्या बराबरको आधारभूत अस्पताल भवन निर्माण गर्न भनी ठेकेदारसँग रु १३ करोड ४१ लाखमा बोलपत्र भई विसं २०७८ मा सम्झौता भएको थियो । गाउँपालिकाका सूचना अधिकारी नरबहादुर बरालका अनुसार भवन निर्माण करिब २० प्रतिशत मात्र भएको छ ।

पैयुँ गाउँपालिका–४ हुवासमा रु १० करोडमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । 

त्यसैगरी विहादी गाउँपालकामा आधारभूत अस्पताल निर्माण हुन नसकेको प्रशासकीय अधिकृत यमनबहादुर रेग्मीले जानकारी दिए । सङ्घीय सरकारको सहयोगमा यसअघि वडा नं २ बर्राचौरमा निर्माण थालिएको १० शय्याको बिहादी अस्पताल सात वर्षदेखि अलपत्र छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...