नेभिगेशन
मुख्य समाचार

दुप्चेश्वरमा एक करोड बढी भेटी सङ्कलन

नुवाकोट । नुवाकोटको प्रमुख धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा गत आर्थिक वर्ष २०८१ र ८२ मा रु एक करोड ४४ लाख ८० हजार भेटी सङ्कलन भएको छ । दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सो आम्दानीबाटै रु ३२ लाख २१ हजार खर्च गरिएको छ ।

कोषले आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै आएको छ । हरेक दिन साँझ मन्दिर परिसरमा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने प्रबन्ध गाँउपालिकाले मिलाएको छ । गत साउनमा मात्रै करिब ५० हजार भक्तजनले मन्दिर दर्शन गरेका छन् । सोही अवधिमा रु ३१ लाख ८३ हजार बराबरको भेटी सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

पौराणिक कथन अनुसार ४०० वर्षअघि एक स्थानीय तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दूध चढाइरहेको भेटिएकाले उक्त ठाउँको शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पुज्न थालिएको थियो । ‘भक्तजनले जे मागे पनि सिद्ध गराउने भगवान’ को रूपमा पुजिने दुप्चेश्वर महादेव प्रति श्रद्धा र जनविश्वास बढ्दै गएको छ । यस क्षेत्रमा देशका विभिन्न स्थानबाट दैनिक हजारौँको सङ्ख्यामा दर्शनार्थीहरू आउने गर्छन् । पुजारी धितालका अनुसार दुप्चेश्वर मन्दिरमा पूजा गरेपछि सन्तान प्राप्त हुने जनविश्वास छ । 

बोली नफुटेका बालबालिका मन्दिरमा दर्शन गराएपछि बोल्न थाल्ने, थारा (नब्याएका) गाईभैँसीको दाम्लो चढाएमा ब्याउने विश्वास गरिन्छ । पुजारी धितालले भने, “धेरै भक्तजन मनोकामना पूरा भएपछि दोहोर्‍याएर दर्शन गर्न आउने गरेका छन्”, । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...