नेभिगेशन
समाज

दुप्चेश्वरमा एक करोड बढी भेटी सङ्कलन

नुवाकोट । नुवाकोटको प्रमुख धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा गत आर्थिक वर्ष २०८१ र ८२ मा रु एक करोड ४४ लाख ८० हजार भेटी सङ्कलन भएको छ । दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सो आम्दानीबाटै रु ३२ लाख २१ हजार खर्च गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोषले आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै आएको छ । हरेक दिन साँझ मन्दिर परिसरमा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने प्रबन्ध गाँउपालिकाले मिलाएको छ । गत साउनमा मात्रै करिब ५० हजार भक्तजनले मन्दिर दर्शन गरेका छन् । सोही अवधिमा रु ३१ लाख ८३ हजार बराबरको भेटी सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

Ncell
Extreme Energy

पौराणिक कथन अनुसार ४०० वर्षअघि एक स्थानीय तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दूध चढाइरहेको भेटिएकाले उक्त ठाउँको शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पुज्न थालिएको थियो । ‘भक्तजनले जे मागे पनि सिद्ध गराउने भगवान’ को रूपमा पुजिने दुप्चेश्वर महादेव प्रति श्रद्धा र जनविश्वास बढ्दै गएको छ । यस क्षेत्रमा देशका विभिन्न स्थानबाट दैनिक हजारौँको सङ्ख्यामा दर्शनार्थीहरू आउने गर्छन् । पुजारी धितालका अनुसार दुप्चेश्वर मन्दिरमा पूजा गरेपछि सन्तान प्राप्त हुने जनविश्वास छ । 

बोली नफुटेका बालबालिका मन्दिरमा दर्शन गराएपछि बोल्न थाल्ने, थारा (नब्याएका) गाईभैँसीको दाम्लो चढाएमा ब्याउने विश्वास गरिन्छ । पुजारी धितालले भने, “धेरै भक्तजन मनोकामना पूरा भएपछि दोहोर्‍याएर दर्शन गर्न आउने गरेका छन्”, । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...