नेभिगेशन
मुख्य समाचार

भारत र चीनले गरेको सहमति स्वीकार्य छैन, सबै दल एकजुट बनौँः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले लिपुलेकका सम्बन्धमा भारत र चीनले गरेको सहमति स्वीकार्य नभएको बताएका छन् । प्रतिनिधिको बैठकमा आफ्ना भनाई राख्दै महामन्त्री थापाले भारत र तीनको कदम आपत्तिजनक भएको बताएका हुन् । 

‘नेपाली कांग्रेस पार्टी दुई छिमेकीले गरेको व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ । यो आपत्तिजनक छ, अस्विकार्य छ । नेपाल सरकारले यसका सन्दर्भमा जुन पहलकदमी अगाडि बढाएको छ, सबैलाई समेटेर अगाडी बढाओस् ।’ 

उनले यो विषयमा सबै राजनीतक दलहरुलाई एकढिक्का हुन अह्वान गरेका छन् । यसलाई घरेलु राजनीतिको विषय बनाउनु नहुने भन्दै सबै दलहरु एकठाउँमा बसेर हामी हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य छैन भन्ने सन्देश भारत र चीनलाई दिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘यो विषयमा नेपालका सबै राजनीतिक दलहरु एकठाउँमा उभिनुपर्छ । हिजो पनि उभियौँ । आज पनि उभिन पर्नेछ । म नेपाली कांग्रेस पार्टीको तर्फबाट सबै दलहरुलाई आग्रह पनि गर्न चाहन्छु । हाम्रो प्रतिष्पर्धा आफ्ना ठाउँमा छन्, हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऔँ । उग्र राष्ट्रवादी हुने तर्फ पनि हामी नलागौँ । यो विषयमा हामी राजनीतिक दलहरु एक ठाउँमा उभिएर सन्देश दिनुपर्ने छ, कि हाम्रो भूमिमा आँखा लगाउने कुरा हामी कसैलाई पनि स्वीकार्य छैन, नेपालले यसको प्रतिवाद गर्छ ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै