नेभिगेशन
समाज

भारत र चीनले गरेको सहमति स्वीकार्य छैन, सबै दल एकजुट बनौँः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले लिपुलेकका सम्बन्धमा भारत र चीनले गरेको सहमति स्वीकार्य नभएको बताएका छन् । प्रतिनिधिको बैठकमा आफ्ना भनाई राख्दै महामन्त्री थापाले भारत र तीनको कदम आपत्तिजनक भएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नेपाली कांग्रेस पार्टी दुई छिमेकीले गरेको व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ । यो आपत्तिजनक छ, अस्विकार्य छ । नेपाल सरकारले यसका सन्दर्भमा जुन पहलकदमी अगाडि बढाएको छ, सबैलाई समेटेर अगाडी बढाओस् ।’ 

Ncell
Extreme Energy

उनले यो विषयमा सबै राजनीतक दलहरुलाई एकढिक्का हुन अह्वान गरेका छन् । यसलाई घरेलु राजनीतिको विषय बनाउनु नहुने भन्दै सबै दलहरु एकठाउँमा बसेर हामी हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य छैन भन्ने सन्देश भारत र चीनलाई दिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘यो विषयमा नेपालका सबै राजनीतिक दलहरु एकठाउँमा उभिनुपर्छ । हिजो पनि उभियौँ । आज पनि उभिन पर्नेछ । म नेपाली कांग्रेस पार्टीको तर्फबाट सबै दलहरुलाई आग्रह पनि गर्न चाहन्छु । हाम्रो प्रतिष्पर्धा आफ्ना ठाउँमा छन्, हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऔँ । उग्र राष्ट्रवादी हुने तर्फ पनि हामी नलागौँ । यो विषयमा हामी राजनीतिक दलहरु एक ठाउँमा उभिएर सन्देश दिनुपर्ने छ, कि हाम्रो भूमिमा आँखा लगाउने कुरा हामी कसैलाई पनि स्वीकार्य छैन, नेपालले यसको प्रतिवाद गर्छ ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।