नेभिगेशन
मुख्य समाचार

भारत–चीन समहतिको विरोध गर्दै महेश बर्तौलाले भने, ‘स्वाधिनता, सार्वभौमिकतामा देश ठूलो सानो हुँदैन’

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको सहमतिको विरोध गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा बोल्दै बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएकाले नेपालको स्वीकृति र जानकारीबिना सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीनबीच सहमति भएको भन्दै एमाले संसदीय दलको तर्फबाट विरोध र असहमति रहेको बताएका हुन् । ‘भूगोल, अर्थतन्त्र, जनसंख्याका आधारमा देश ठूलो–सानो हुन सक्ने तर स्वाधिनता, सार्वभौमिकताका हिसावले देश ठूलो सानो हुँदैन ।’ 

उनले नेपालको स्वाधिनता र सार्वभौमिकतामाथि हस्तक्षेप भए प्रतिकार र सशक्त विरोध गर्ने स्पष्ट पारे ।  

बर्तौलाले उच्चस्तरीय कुटनीतिक सम्बादको माध्यमबाट यस बिषयको हल निकाल्न सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै