नेभिगेशन
समाज

अन्नपूर्णका पशुमा  कृत्रिम गर्भाधान

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले पालेका गाईभैसीलाई ‘हिट सिङक्रोनाइजेशन’ (मौसमी कृत्रिम गर्भाधान) गराउन थालिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिट सिङक्रोनाइजेशन पशुहरुको हिटलाई एउटै चक्र (समय) मा ल्याएर प्रजनन् प्रभावकारी र व्यवस्थित गर्ने आधुनिक प्रविधि हो । यस बिधि मार्फत् औषधिको प्रयोग गरेर एउटा समूहमा रहेका सबै आमा पशुहरुको हिट वा उत्सर्जन चक्रलाई एउटै समयमा ल्याइन्छ । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक प्रकाश जिसीले वडा नम्बर ८ राम्चेका किसानले गरेको गाईमा गरिएको मौसमी कृत्रिम गर्भाधान सफल भएपछि पालिकाभर विस्तार गरिएको जानकारी दिए । 

Ncell
Extreme Energy

“आर्थिक वर्ष २०८१ र ८२ मा ८, ६ र ५ नम्बर वडाका करिब ७० वटा गाईभैसीलाई यो बिधीबाट कृतिम गर्भाधान गराइएको छ,” उनले भने, “आर्थिक वर्ष २०८२ र ८३ मा चार सय देखि पाँच सय गाईभैसीलाई हिट सिङक्रोनाइजेशन बिधीबाट गर्भाधान गराउने लक्ष्य छ ।”

चैत/बैशाखको समयमा पाडापाठी र बाच्छाबाच्छी जन्मने गरेर गाईभैसीमा कृतिम गर्भाधान गराइएको छ । मौसमी कृत्रिम गर्भाधानबाट एउटै समयमा जन्मिएका पाडापाडी, बाच्चाबाच्छीको पालन–पोषण, खोप र व्यवस्थापन गर्न सजिलो भएको छ । पशुको प्रजनन् दर बढ्ने, समय र श्रमको बचत हुने, दूग्ध र मासु उत्पादन नियमित र योजनावद्ध हुने भएकाले यो कार्यक्रमलाई प्राथमिकता र निरन्तरता दिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । 

आर्थिक वर्ष २०८० र ८१ रु. दुई लाख बजेट रहेको यो कार्यक्रमका लागि २०८१ र ८२ मा रु। सात लाख बिनियोजन भएको थियो । २०८२ र ८३ मा कृतिम गर्भाधान कार्यक्रमका लागि रु. पाँच लाख बिनियोजन भएको छ । म्याग्दीमा पहिलो पटक अन्नपूर्ण गाउँपालिकामा पशुमा मौसमी कृतिम गर्भाधान गराइएको हो । यसलाई गाउँपालिकाले सिर्जनशिल र नमुना काम भएको दावी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...