नेभिगेशन
मुख्य समाचार

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम)बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको प्रधान कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका हुन । “वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्नुका साथै कार्यरत कर्मचारीका लागि तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा र अन्य सेवासुविधा उपलब्ध गराउनेछ”, सम्झौतापत्रमा उल्लेख छ ।

विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा रहेका तीन सय १० वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ । बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित गरिरहेको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राजनीतिक दलहरु सुशासन कायम गर्न असफल भए,  संसद निरिह बन्योः विद्या भण्डारी

राजनीतिक दलहरु सुशासन कायम गर्न असफल भए, संसद निरिह बन्योः विद्या भण्डारी

बिहीबार काठमाडौँमा मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै भण्डारीले राजनीतिक दलहरु प्रणालीमा जान नसकेको र मुलुकमा सुशासन कायम गर्न असफल भएको बताइन् ।...
एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ देखि २७ गतेसम्म

एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ देखि २७ गतेसम्म

गत वर्ष मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपिएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ । एनपिएलमा हाल आठ वटा टोली...
विद्यालय शिक्षा विधेयक समितिबाट पारित, सुमना श्रेष्ठ र विना जयसवालले फरक मत

विद्यालय शिक्षा विधेयक समितिबाट पारित, सुमना श्रेष्ठ र विना जयसवालले फरक मत

लामो समयदेखि संसदीय समितिमा छलफलमा रहेको सो विधेयक अब बस्ने संसद् बैठकमा पेस हुनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयक लामो समयसम्म उपसमिति र...
मधेस प्रदेशमा देखिएको विद्युत् र सिँचाइ समस्याको थप सुधारमा लाग्न मन्त्री खड्काको निर्देश

मधेस प्रदेशमा देखिएको विद्युत् र सिँचाइ समस्याको थप सुधारमा लाग्न मन्त्री खड्काको निर्देश

नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय जनकपुरधाममा बिहिबार आयोजित कार्यक्रममा उनीहरुले मधेस प्रदेशको विद्युत् र सिँचाइ क्षेत्रमा तत्काल थप सुधारमा लाग्न पनि कर्मचारीलाई निर्देश दिएका हुन । सो अवसरमा...