नेभिगेशन
समाज

पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो

काठमाडौँ । पद्मकन्या बहुमुखी क्याम्पसले कविता प्रतियोगिता आयोजना गरी १६०औँ मोतीजयन्ती मनाएको छ । क्याम्पसको ७५औँ हीरकजयन्तीको अवसर परेर आज यहाँ मोतीराम भट्टको १६०औँ मोतीजयन्ती, नेपाली स्नातकोत्तर कार्यक्रमको ३६औँ वार्षिकोत्सव तथा अवकाश प्राप्त प्राध्यापक सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा नेपाली विभागमा तीन दशक लामो प्राध्यापन यात्रा पूरा गरी निवृत्त हुनुभएकी उपप्राध्यापक उपमा आचार्यलाई सम्मान गरिएको छ । नेपाली विभागका विभागीय प्रमुख एवं उपप्राध्यापक डा अम्बिका अर्यालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो । 

Ncell
Extreme Energy

सहप्राध्यापक डा शैलेन्द्रप्रकाश नेपालले भने, “३० वर्ष बाँची माध्यमिककालमा नेपाली साहित्य र शृङ्गारिक धारलाई स्वर्णीम तुल्याउन विशिष्ट भूमिका निर्वाह गर्नुहुने मोतीराम भट्ट भानुभक्तको कवित्वका पर्याय हुनुहुन्थ्यो । भट्टको जन्मोत्सव र नेपाली भाषा, साहित्यलाई हुर्काउन, संरक्षण गर्न र सोही क्षेत्रमा लाग्नसक्ने दक्ष जनशक्ति निर्माण गर्ने अभिप्रायका साथ स्थापित नेपाली स्नातकोत्तर कार्यक्रम पद्मकन्या क्याम्पसको विशेष र ऐतिहासिक कार्यक्रम हो ।”  

तत्कालीन क्याम्पस प्रमुख चेतोनाथ गौतमसहित प्राज्ञिक व्यक्तिहरूको पहलमा नेपाली स्नातकोत्तर कार्यक्रम ३६ वर्षअघि भदौ ५ गते स्थापना गरिएको थियो । विसं २०४८ देखि स्नातकोत्तर कार्यक्रममा प्राध्यापन प्रारम्भ गरी वर्तमान समयसम्म अविछिन्न अध्यापनमा संलग्न सहप्राध्यापक प्रभा भट्टराईले प्रारम्भिककालीन शिक्षण अनुभूति स्मरण गर्दै पद्यकन्या नारी सशक्तीकरणका लागि स्थापित क्याम्पस भएको बताइन ।

उनले भनिन्, “मैले स्नातकोत्तर उत्तीर्ण गर्नेवित्तिकै तत्कालीन क्याम्पस प्रमुख चेतोनाथ गौतमको आग्रहमा पढाउन सुरु गरेँ । काकी, दिदी उमेरका विद्यार्थी पछि साथीसरह भएपछि केही सहज हुँदै गयो । नारी सशक्तीकरण गर्ने उद्देश्यले महिलाका लागि खोलिएको एक मात्र क्याम्पस पद्मकन्यामा अध्यापन गर्न पाउनु गर्वको विषय थियो । नारी शिक्षाको पहिलो पाइलो चाल्ने यो शिक्षा मन्दिरले ७५औँ वर्षको वसन्त देखिसकेको छ ।” 

हीरकजयन्तीका अवसरमा यही भदौ २ गते निबन्ध, ३ गते वक्तृत्वकला, ४ गते हाजिरीजवाफ र आज कविता प्रतियोगिता सञ्चालन गरिएको हीरकजयन्ती साहित्यिक उपसमितिका संयोजक सहप्राध्यापक डा बलदेव अधिकारीले जानकारी दिए । उनका अनुसार सप्ताहव्यापी साहित्यिक कार्यक्रम सम्पन्न गरी हीरकजयन्ती मनाउन लागिएको हो ।

हरेक दिन दर्जनौँ विद्यार्थीको उत्साहपूर्ण उपस्थिति रहेको साहित्यिक कार्यक्रमअन्तर्गत निबन्ध प्रतियोगितामा रचना सापकोटा (प्रथम), केशीस शाह (द्वितीय) र अस्मिता कुमारी माझी (तृतीय) भएका अधिकारीले जानकारी दिए । उनका अनुसार वक्तृत्वकला प्रतियोगितामा पार्वती बानियाँ (प्रथम), ईशा ढुङ्गाना र आस्था श्रेष्ठ (द्वितीय) र सिर्जना तामाङ (तृतीय) भएका छन् ।

हाजिरीजवाफ प्रतियोगितामा मनिषा यादवको समूह (प्रथम), अनमिका रेग्मीको समूह (द्वितीय) र समीक्षा पौडेलको समूह (तृतीय) हुनुका साथै आज भएको कविता प्रतियोगितातर्फ पुस्तिका भण्डारी (प्रथम), समीक्षा नेपाल (द्वितीय) र कमला महत (तृतीय) भएका थिए ।

बिहिबारको कार्यक्रममा क्याम्पस प्रमुख प्राडा जयालक्ष्मी प्रधान, प्राडा सुष्मिता तालुकदार, सहप्राडा नेपालसहित क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको क्याम्पस प्रशासनले जनाएको छ । विसं २००८ मा महिलाका लागि अध्ययन र अध्यापन गराउने उद्देश्यले स्थापित पद्मकन्या बहुमुखी क्याम्पसले आफ्नो हीरकजयन्ती आगामी असोज १ गते स्थापना दिवसको दिन विशेष समारोहको आयोजना गरी मनाउँदै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...