नेभिगेशन
मुख्य समाचार

कृषि समितिबाट भूमि सम्बन्धी विधेयक पारित, माओवादी र रास्वपाले गरेनन् हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको बैठकले बहुमतका आधारमा उक्त विधेयकलाई पारित गरेको हो । बैठकमा माओवादी र रास्वपा सांसदहरुले विधेयकमाथि थप छलफलको आवश्यकता रहेको जनाएका थिए ।

तर सत्तारुढ दलका सांसदहरुले विधेयकमाथि लामो समय छलफल भएकाले पारित नै गर्नुपर्ने धारणा राखेका थिए ।

पारित भएपछि सत्तारुढ दलका सांसदहरुले विधेयकमा हस्ताक्षर गरेका छन् भने माओवादी र रास्वपा सांसदहरुले भने हस्ताक्षर नगरि बाहिरिएका थिए ।

समिति सभापति कुशुमदेवी थापाले आफ्ना असहमतिका बुदालाई समावेश गरेर विधेयकमा हस्ताक्षर गर्न आग्रह गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राजनीतिक दलहरु सुशासन कायम गर्न असफल भए,  संसद निरिह बन्योः विद्या भण्डारी

राजनीतिक दलहरु सुशासन कायम गर्न असफल भए, संसद निरिह बन्योः विद्या भण्डारी

बिहीबार काठमाडौँमा मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै भण्डारीले राजनीतिक दलहरु प्रणालीमा जान नसकेको र मुलुकमा सुशासन कायम गर्न असफल भएको बताइन् ।...
एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ देखि २७ गतेसम्म

एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ देखि २७ गतेसम्म

गत वर्ष मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपिएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ । एनपिएलमा हाल आठ वटा टोली...
विद्यालय शिक्षा विधेयक समितिबाट पारित, सुमना श्रेष्ठ र विना जयसवालले फरक मत

विद्यालय शिक्षा विधेयक समितिबाट पारित, सुमना श्रेष्ठ र विना जयसवालले फरक मत

लामो समयदेखि संसदीय समितिमा छलफलमा रहेको सो विधेयक अब बस्ने संसद् बैठकमा पेस हुनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयक लामो समयसम्म उपसमिति र...
मधेस प्रदेशमा देखिएको विद्युत् र सिँचाइ समस्याको थप सुधारमा लाग्न मन्त्री खड्काको निर्देश

मधेस प्रदेशमा देखिएको विद्युत् र सिँचाइ समस्याको थप सुधारमा लाग्न मन्त्री खड्काको निर्देश

नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय जनकपुरधाममा बिहिबार आयोजित कार्यक्रममा उनीहरुले मधेस प्रदेशको विद्युत् र सिँचाइ क्षेत्रमा तत्काल थप सुधारमा लाग्न पनि कर्मचारीलाई निर्देश दिएका हुन । सो अवसरमा...