नेभिगेशन
मुख्य समाचार

सांसदद्वारा किसानलाई मल र सिँचाइ उपलब्ध गराउन माग

काठमाडौँ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा छाएको भन्दै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गरेका छन् । बैठकको शून्य समयमा सांसदहरूले किसानका लागि मल र सिँचाइ सुविधा तत्काल उपलब्ध गराउनुपर्ने माग गरेका हुन । 

सांसद अमरबहादुर रायमाझिले भने, “नेपालका करिब ६२ प्रतिशत जनसङ्ख्या र ६३ प्रतिशत परिवार कृषिमा आधारित छन्, कृषि मुलुकको मेरुदण्ड हो भने रासायनिक मल उत्पादनलाई सुदृढ बनाउने तत्व हो । मलको अभावले उत्पादन कम हुने, श्रम निष्कृय हुने हुँदा सिङ्गो मुलुकलाई असर पर्छ, त्यसैले सरकारले मलको मागलाई मध्यनगर गर्दै आवश्यक नीतिगत व्यवस्था गरी दीर्घकालीन रूपमा आपूर्ति गर्ने व्यवस्था गरियोस् ।”

सांसद अमरा देवीले सरकारले मधेसलाई सुक्का क्षेत्रका रूपमा घोषण गरेको उल्लेख गर्दै मधेसका किसानका लागि मल र सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद अमृतादेवी अग्रहरीले ट्राफिक प्रहरीले जनतालाई अनावश्यक दुःख दिने काम गरेको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन ।

त्यस्तै, सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए । उनले भने, “संसदीय समिति बेवारिसे भएका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक प्रतिवेदन हो, यो प्रतिवेदन कार्यान्वयन नहुनु दुःखको विषय हो, यसले संसलीय मर्यादामाथि प्रश्न उठाएको छ ।”

सांसद आस्माकुमारी चौधरीले यताशीघ्र भूमिहीन तथा सुकुम्वासीको समस्या समाधान गर्नुपर्ने माग गरेकी थिइन । उनले भनिन्, “भूमिहीनसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत भइसकेको छ, भूमिहीन सुकुम्वासीको तर्फबाट यो विधेयक शीघ्र पास गरी समस्या समाधान गर्न माग गर्दछु ।” उनले सरकारले गुठी पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन । 

सांसदहरू ईश्वरबहादुर रिजाल, ईश्वरीदेवी न्यौपाने, उर्मिला माझी, गङ्गा कार्की, जीवन परियार, चन्द्रबहादुर विश्वकर्मा, गोकुल बाँस्कोटा, कान्तिका सेजुवाल, गोमालाभ सापकोटा, किरणकुमार शाह, डा अमरेशकुमार सिंह र अनिता देवीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...