नेभिगेशन
समाज

सांसदद्वारा किसानलाई मल र सिँचाइ उपलब्ध गराउन माग

काठमाडौँ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा छाएको भन्दै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गरेका छन् । बैठकको शून्य समयमा सांसदहरूले किसानका लागि मल र सिँचाइ सुविधा तत्काल उपलब्ध गराउनुपर्ने माग गरेका हुन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद अमरबहादुर रायमाझिले भने, “नेपालका करिब ६२ प्रतिशत जनसङ्ख्या र ६३ प्रतिशत परिवार कृषिमा आधारित छन्, कृषि मुलुकको मेरुदण्ड हो भने रासायनिक मल उत्पादनलाई सुदृढ बनाउने तत्व हो । मलको अभावले उत्पादन कम हुने, श्रम निष्कृय हुने हुँदा सिङ्गो मुलुकलाई असर पर्छ, त्यसैले सरकारले मलको मागलाई मध्यनगर गर्दै आवश्यक नीतिगत व्यवस्था गरी दीर्घकालीन रूपमा आपूर्ति गर्ने व्यवस्था गरियोस् ।”

Ncell
Extreme Energy

सांसद अमरा देवीले सरकारले मधेसलाई सुक्का क्षेत्रका रूपमा घोषण गरेको उल्लेख गर्दै मधेसका किसानका लागि मल र सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद अमृतादेवी अग्रहरीले ट्राफिक प्रहरीले जनतालाई अनावश्यक दुःख दिने काम गरेको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन ।

त्यस्तै, सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए । उनले भने, “संसदीय समिति बेवारिसे भएका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक प्रतिवेदन हो, यो प्रतिवेदन कार्यान्वयन नहुनु दुःखको विषय हो, यसले संसलीय मर्यादामाथि प्रश्न उठाएको छ ।”

सांसद आस्माकुमारी चौधरीले यताशीघ्र भूमिहीन तथा सुकुम्वासीको समस्या समाधान गर्नुपर्ने माग गरेकी थिइन । उनले भनिन्, “भूमिहीनसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत भइसकेको छ, भूमिहीन सुकुम्वासीको तर्फबाट यो विधेयक शीघ्र पास गरी समस्या समाधान गर्न माग गर्दछु ।” उनले सरकारले गुठी पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन । 

सांसदहरू ईश्वरबहादुर रिजाल, ईश्वरीदेवी न्यौपाने, उर्मिला माझी, गङ्गा कार्की, जीवन परियार, चन्द्रबहादुर विश्वकर्मा, गोकुल बाँस्कोटा, कान्तिका सेजुवाल, गोमालाभ सापकोटा, किरणकुमार शाह, डा अमरेशकुमार सिंह र अनिता देवीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा

नयाँ व्यवस्थाअनुसार आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा निजका आफन्तलाई मोबाइल फोनमार्फत सन्देश (एसएमएस) पठाई जानकारीसमेत गराइनेछ ।
डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

जगदुल्ला–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आइतबार दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो ।
अर्थ समिति बैठकः मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव

अर्थ समिति बैठकः मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव

प्रतिनिधिसभाको अर्थ समितिको आइतबारको बैठकमा पूर्वगभर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता सङ्गठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेटनुपर्नेमा जोड दिए ।
सय दिनमा सरकारले विश्वास जगाउने होइन, आशंका जन्माउने काम गरेको छः प्रदीप पौडेल

सय दिनमा सरकारले विश्वास जगाउने होइन, आशंका जन्माउने काम गरेको छः प्रदीप पौडेल

जनताले जुन लोकतान्त्रिक र संसदीय व्यवस्थाबाट रास्वपालाई निर्वाचित गरेर पठाए, सरकारमा पुगेपछि उनीहरूले त्यही व्यवस्था र जगलाई भत्काउने गरी महाधिवेशनबाट नीति पास गरेको भन्दै आपत्ति जनाए ।