नेभिगेशन
मुख्य समाचार

मधेस प्रदेशमा देखिएको विद्युत् र सिँचाइ समस्याको थप सुधारमा लाग्न मन्त्री खड्काको निर्देश

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र  जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर मित्र बरालले मधेस प्रदेशको विद्युत् र सिँचाइ सेवाका अवस्था  बारेमा जनकपुरमा जानकारी लिइएका छन् ।

नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय जनकपुरधाममा बिहिबार आयोजित कार्यक्रममा उनीहरुले मधेस प्रदेशको विद्युत् र सिँचाइ क्षेत्रमा तत्काल थप सुधारमा लाग्न पनि कर्मचारीलाई निर्देश दिएका हुन । सो अवसरमा मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशका तुलनामा उच्च रहेको भन्दै यसलाई तत्काल समाधान गर्नु पर्ने बताए ।

उनले भने, “ यस प्रदेशमा विभिन्न स्थानमा अझै पनि पटक–पटक बिजुली कटौती हुने जनगुनासो  छ ।  २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चितता गरिनुपर्छ । विद्युत् र सिँचाइ क्षेत्रमा सुधार आवश्यक छ । यो कामलाई प्रोत्साहित गर्दै, जनताको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौँ ।” 

सो अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर  बरालले तराईमा पछिल्लो समय देखिएको सुक्खा समस्यालाई सम्बोधन गर्न सकिने हुँदा यसमा विभागले उच्च प्राथमिताका साथ ध्यान दिएको जानकारी दिए । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य श्यामकिशोर यादव, विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादवलगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...