नेभिगेशन
समाज

राजनीतिक दलहरु सुशासन कायम गर्न असफल भए, संसद निरिह बन्योः विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरु मुलुकमा सुशासन कायम गर्न असफल भएको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौँमा मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै भण्डारीले राजनीतिक दलहरु प्रणालीमा जान नसकेको र मुलुकमा सुशासन कायम गर्न असफल भएको बताइन् । देश पूर्ण लोकतान्त्रीक युगमा पुगिसक्दा पनि जनताको इच्छा आकांक्षा पुरा हुन नसकेको उनले बताइन् । उनले अहिले संसद समेत निरिह थलोजस्तो भइरहेको टिप्पणी गरिन् । 

Ncell
Extreme Energy

उनले भनिन्, ‘सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो। त्यो अनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ ? विभिन्न समयमा हामीले चर्चा गरिहरेका छौँ। आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा हामीले काम गर्न सक्यौँ कि सकेनौँ समीक्षा गर्ने बेला भएको छ।’

ठूला दलहरुले संविधानमा प्रश्न उठाउदै संशोधनका लागि सहमति गरेपनि संशोधनको मुद्दामा छलफल नै हुन नसकेको उनले बताइन् । भण्डारीले कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो ? भन्दै प्रश्न समेत गर्दै जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्ने बित्तिकै निलम्बन हुन नहुने तर्क गरिन् । 

त्यस्तै पूर्वराष्ट्रपति भण्डारीले एमालेले मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएकाले त्यसको मर्म र भावना अनुरुप काम गर्ने बताइन् । उनले आफ्नो संगठीत सदस्यमाथि नै च्यासलले प्रश्न उठाएको भन्दै आक्रोश व्यक्त गरिन् । 

एमालेले सदस्यता नदिएपछि पार्टीको हितमा काम गरिराख्ने उनले बताइन् । भण्डारीले आफु लामो समयदेखि एमालेमा सक्रिय रहेको र एमालेकै निर्देशनमा राष्ट्रपति बनेको स्पष्ट पारिन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।

भर्खरै