नेभिगेशन
मुख्य समाचार

सहकारी ठगी मुद्दामा टोखाका मेयर समेत रहेका  एमाले नेता अधिकारीलाई सर्वोच्चबाट सफाइ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतले सफाइ दिएको छ।

अधिकारीमाथि नाङ्लो दीप सेभिङ एन्ड को–अपरेटिभ प्रालिमार्फत निक्षेपकर्ताको एक करोड ८३ लाख ठगी गरेको आरोप थियो। उनी सो सहकारीका सञ्चालक तथा उपाध्यक्ष रहेका बेला २०२ निक्षेपकर्ताको रकम हिनामिना गरेको अभियोगमा २०७१ सालमै प्रहरीमा उजुरी दर्ता भएको थियो। प्रहरी अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

२०७३ चैतमा जिल्ला अदालतले अधिकारीलाई सफाइ दिएको थियो। तर, पाटन उच्च अदालतले त्यसलाई उल्ट्याउँदै २०७५ फागुन १९ गते अधिकारीलाई एक महिना कैद र १८ लाख ३१ हजार जरिवानाको फैसला सुनाएको थियो। सोही मुद्दामा अन्य प्रतिवादीहरू धनमाया श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह र देउमाया लिम्बूलाई समेत जनही एक महिना कैद र जरिवानाको सजाय तोकिएको थियो।

उच्च अदालतको फैसलाविरुद्ध २०७६ सालमा अधिकारीसहित अन्य केही प्रतिवादीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। सोही क्रममा पीडित अप्सरा पौडेलको जाहेरीका आधारमा नेपाल सरकारले समेत पुनरावेदन गरेको थियो।

सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले सर्वोच्च प्रशासनको प्राथमिकतामा राखी सुनुवाइ गरेपछि अन्ततः अधिकारी र यनुका बुढाथोकीलाई सफाइ दिएको हो। बाँकी प्रतिवादीहरूको हकमा भने तल्लो अदालतकै फैसला सदर भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

यो मुद्दा पाँच वर्षभन्दा पुरानो भएकाले शीघ्र फस्र्योटका लागि सर्वोच्चले अभियान फाँटमार्फत सुनुवाइ अघि बढाएको थियो। लगाउमा रहेका ८ वटा मुद्दालाई एकैपटक राखी फैसला दिइएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...